पर्यटकका लागि सजाइएका होटल क्वारेन्टाइमा परिणत
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार २१:०:२६
१२ चैत, चितवन । पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको बैठकले सरकारलाई क्वारेन्टाइनका लागि होटल प्रयोग गर्न दिने निर्णय गरेका हुन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार क्वारेन्टाइनका लागि चार हजार श्यया दिन सकिने छ । बैठकले तीन हजार श्यया केन्द्रीय सरकार र एक हजार श्यया स्थानीय सरकारले प्रयोग गर्ने गरी दिन सकिने निर्णय गरेको हो । स्थानीय सरकारले प्रयोग गर्ने क्वारेन्टाइनमा विशेषतः पूर्वी चितवनकै बासिन्दा हुनुपर्ने उनले बताएका छन् ।
कोरोनाको सङ्क्रमण रोक्न सरकारले मङ्गलबारदेखि देशभर बन्द घोषणा गरेसँगै सौराहाका होटल व्यवसायीले आफ्ना होटललाई क्वारेन्टाइनमा राख्न आह्वान गरेका हुन् । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा कोरोनाको सन्त्राससँगै सुनसान छ । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय गतिविधि रोकेपछि थप सुनसान भएको हो ।
सौराहामा ११५ वटा होटल रहेका छन् । ती होटलको क्षमता पाँच हजार ५०० हाराहारी रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा प्रमुख बासस्थान हो । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा हरेक वर्ष दुई लाखभन्दा बढी पर्यटक आउने गर्छन् । कोरोनाको प्रभावका कारण व्यवसाय प्रभावित भएपछि बैंकको ब्याज र किस्ता तिर्न नसक्ने भन्दै व्यवसायीले सरकारसँग सहयोग मागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार