डोटीमा भारतबाट फर्किएका १७५ क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार २१:१३:५२
१२ चैत, काठमाडौं । छिमेकी मुलुक भारतका विभिन्न शहरबाट काम गरेर फर्किएका जिल्लाका १७५ जना स्थानीयवासीलाई क्वारेन्टाइनमा राखिएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले दिएको जानकारीअनुसार मङ्गलबार कैलालीको त्रिनगर भन्सार कार्यालय हुँदै डोटी आएका १७५ स्थानीयवासीलाई जिल्लाको बडीकेदार गाउँपालिकास्थित बिपीनगर, शिखर नगरपालिका तल्कोट र दिपायल सिलगढी नगरपालिका राजपुरमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ ।
भारतका विभिन्न शहरमा काम गरेर स्वदेश फर्किएका सुदूरपश्चिम प्रदेशका ९९९ स्थानीयवासीलाई प्रदेश सरकारको निर्देशनमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सम्पर्कमा जाने गरी मङ्गलबार राति कैलालीबाट यहाँका पहाडी जिल्लामा पठाइएको थियो ।
यसै सिलसिलामा डोटीमा १७५ जना भारतमा काम गरी फर्किएका छन् । भारतबाट फर्किएकाहरु शिखर नगरपालिकाको तल्कोटमा रहेको क्वारेन्टाइनमा ७१, बडीकेदारको बिपीनगरमा ५१ र दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा निर्माण भएको क्वारेन्टाइनमा ५३ जना राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिएका छन् ।
क्वारेन्टाइनमा राखिएकालाई सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले खाने बस्ने व्यवस्था मिलाएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताएका छन् । उनले भने, “क्वारेन्टाइनमा राखिएकालाई खाने बस्ने व्यवस्था सम्बन्धित स्थानीय तहले गरेको छ, केही दिन क्वारेन्टाइनमै राखिनेछ ।”
कोभिड–१९ को सचेतनास्वरुप यहाँका स्थानीय तहले आफ्ना स्थानीय तहका विभिन्न वडाका घर/घरमा पुगेर भारतबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझावसमेत दिन थालेका छन् ।भारतबाट आफ्नो गाउँ टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले सबैलाई आग्रह गरेको छ ।
भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ । क्वारेन्टाइनमा राखिएकालाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्शसमेत दिइएको छ । त्यसैगरी जिल्लामा भारतसहित देशका अन्य क्षेत्रबाट आएकाको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिइने समन्वय समितिका संयोजक ऐरले बताएका छन् ।
दिपायल राजपुरको क्वारेन्टाइनमा राखिएकाको उपचार गर्ने स्वास्थ्य केन्द्रलाई आवश्यकतानुसारका स्वास्थ्य सामग्री दिपायल सिलगढी नगरपालिकाले उपलब्ध गराइएको नगर प्रमुख मञ्जु मलासीले बताएकी छन् । उनले भने, “क्वारेटाइनमा बसेकाको स्वास्थ्य जाँच गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री तथा औषधि उपलब्ध गराएका छौँ, आवश्यक परे जतिबेला पनि अन्य सामग्री प्रदान गर्न तयारी अवस्थामा छौँ ।” नगरपालिकाले साबुन पानीसहित हात धुने व्यवस्थाका लागि साबुन, सेनिटाइजर, मास्कसमेत प्रदान गरेको नगरप्रमुख मलासीले जानकारी दिएका छन् । त्यसैगरी स्थानीयवासी जम्मा हुने तथा बढी भीडभाड हुने ठाउँ तथा चोकहरुमा पनि साबुन पानीसहित हात धुने व्यवस्था मिलाइएको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले जानकारी दिएका छन् ।
लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, घर, टोल छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई सङ्क्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि, कर्मचारी लागिपरेको नगरपालिकाले जनाएको छ । त्यस्तै प्रशासनको आग्रहलाई अटेर गरे कानूनी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, “स्थानीय नागरिकको ज्यानको सुरक्षाका लागि हामी आफ्नो ज्यान जोखिममा राखेर खटिएका छौँ, अटेरी गरे कानूनबमोजिक कारवाही गर्छौं ।” लकडाउनका कारण बजार सुनसान भएका छन् भने बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
स्थानीय तहको उपनिर्वाचन र उम्मेदवार चयनबारे कांग्रेसमा आज छलफल
कात्तिक २१, २०८१ बुधबार
स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
कात्तिक २१, २०८१ बुधबार
सर्वोच्चका तीन फैसलाः विद्युत व्यापार, बक्यौता र दूरसञ्चार रोयल्टीमा सरकारलाई राहत
कात्तिक २१, २०८१ बुधबार
फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डा
कात्तिक २१, २०८१ बुधबार
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
कात्तिक २१, २०८१ बुधबार
महिला यू-१९ विश्वकपको एसिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै
कात्तिक २१, २०८१ बुधबार