लकडाउन अवज्ञा गर्ने १६ जनासहित ७८ सवारी प्रहरी नियन्त्रणमा

नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार २२:३:३५

१२ चैत, हेटौडा । सरकारले कोभिड–१९ को सङ्क्रमण फैलन नदिनका लागि लागू गरेको लकडाउन उल्लङ्घन गर्ने १६ जनासहित ७८ यातायात साधनलई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसार नेपाल सरकारले जारी गरेको लकडाउनलाई अटेर गरी अनावश्यक रूपमा सडकमा हिँडनेलाई नियन्त्रणमा लिइएको हो ।
लकडाउन उल्लङ्घन गरेर हिँड्ने १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिएका छन् । उनका अनुसार घर बाहिर सडकमा निस्कनेलाई प्रहरीले तीन मिटरको फरकमा प्रहरी कार्यालयभित्र राखेको छ ।
अनुगमन र निगरानी गर्न जनप्रतिनिधीलाई खुलालको आग्रह
जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन र निगरानी गर्न मकवानपुरका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । लकडाउनको अवज्ञा भएको र बाहिरबाट आएकाले स्वास्थ्य जाँचबिना नै घरमा जान थालेपछि जनप्रतिनिधिलाई त्यसमा सचेत हुँदै निगरानी राख्न उनले आग्रह गरेका हुन।
कोभिड–१९ को सचेतनाका लागि स्थानीय तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधि वडाध्यक्ष, सदस्यलगायत टोल विकास संस्थालाई आ–आफ्नो स्थानीय तहका वडाका घर/घरमा पुगेर बाहिरबाट टोलमा अएका तथा विदेशबाट फर्किएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन गर्न प्रमुख खुलालले अग्रह गरेको उनका प्रेस संयोजक विवश अधिकारीले जानकारी दिएका छन् ।
बजार सुनसान
कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनले हेटौँडा बजार आज दोस्रो दिन पनि सुनसान भएको छ । फाटफुट रुपमा केही मोटरसाइकल चले पनि सर्वसाधारण घर बाहिर निस्केका छैनन् । किनमेलका लागि खासगरी साँझ बिहानपख पसल खुल्ने र ग्राहकको भीड लागेको देखिन्छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा सुरक्षका लागि खटिएका छन् । सडकमा जथाभावी हिँड्नेलाई घरमा बस्न सचेतसमेत गराइएको छ । उता कोरोना भाइरसको प्रकोपबाट सचेत रहन स्थानीय प्रशासन र हेटौँडा उपमाहानगरपालिकाले माइकिङ गरेका छन् ।
साथै स्थानीय प्रशासनद्वारा हेटौँडाका विभिन्न स्थानमा ५०० क्वारेन्टाइन कक्ष तथा अस्पतालमा उपचारका लागि व्यवस्था गरेको छ । त्यस्तै हेटौँडामा रहेको उद्योग, कलकरखाना तथा व्यावसायिक प्रतिष्ठानसमेत बन्द छन् । अलपत्र परेका लामो दूरीका सवारी साधनलाई जाने व्यवस्थासमेत गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार