निंग्लाशैनी भगवती मन्दिरमा यो वर्षको चैतेदशैँमा पशुबलि नहुने
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार २२:१४:७
१२ चैत, बैतडी । देहिमाडौँमा रहेको प्रसिद्ध निंग्लाशैनी भगवती मन्दिरमा यो वर्षको चैतेदशैँमा पशुबलि नहुने भएको छ । यसअघि दशरथचन्द नगरपालिका—२ को कार्यालय र निंग्लाशैनी भगवती धार्मिक सेवा समितिको चैत ९ गते बसेको बैठकले घटस्थापनादेखि बलि चढाउन सकिने निर्णय गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रन सक्ने भन्दै भीडभाडका कार्यक्रम नगर्न आग्रह गरेकाले राँगाको बलि स्थगित गरिएको वडाध्यक्ष रनबहादुर बोहराले जानकारी दिएका छन् ।
कोरोना भाइरस भित्रिन्न नदिन जिल्ला प्रशासन कार्यालयलेले मङ्गलबारदेखि चैत १८ गतेसम्म लकडाउनसमेत घोषणा गरिसकेको छ । साथै मेला पर्व नमनाउन आग्रह गरेको छ भने सीमा नाका पनि बन्द गरिएका छन् । यस्तै मेलौली भगवती मन्दिरमा पनि नवरात्रिको बेला हुने पूजाआजाको कार्यक्रम नहुने जनाइएको छ ।
पाटनमा ३४ बेडका आइसोलेसन केन्द्र
बैतडीको पाटन नगरपालिकाले ३४ बेडका चार छुट्टाछुट्टै आइसोलेसन केन्द्र निर्माण गरेको छ । पाटन नगरपालिका–६ मा रहेको विपद् व्यवस्थापन समितिको भवन, वडा नं ८ स्थित सिद्धदीप आधारभूत विद्यालय, वडा नं ४ भूमेश्वरमा रहेको भूमेश्वर माविमा १०/१० श्ययाको आइसोलेसन केन्द्र निर्माण गरिएका हुन् ।
यस्तै वडा नं। ३ को सिगास मावि गुरुडामा पनि चार श्ययाको आइसोलेसन केन्द्र निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिएका छन् । कोरोना सम्भावित लक्षण देखिएका बिरामीलाई निगरानीमा राखी तत्कालका लागि उपचार गर्न श्ययाको स्थापना गरिएको उनले बताएका छन् । पाटन नगरपालिकाले यसअघि पाटन, खोडपे र अनारखोलीमा हेल्थ डेस्क स्थापना गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार