रमिते बनेर सडकमा आउँदा नागरिककै सुरक्षार्थ खटिएको प्रहरीलाई थप सास्ती
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार २२:३१:५३
१२ चैत, सुर्खेत । नेपाल सरकारले नोबेल कोरोना भाइरसको रोकथाम तथा प्रतिकार्यका लागि मुलुकभर ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’को पालना गर्न सरकारले निर्देशन दिनाका साथै त्यसको कार्यान्वयनका लागि सबैमा अपिल गरेको छ ।
यद्यपि सरकारले गरेको ‘लकडाउन’ को पहिलो दिनको निर्देशन उल्लङ्घन भने मुलुकका धेरै ठाउँमा भयो । त्यसबाट कर्णाली प्रदेश पनि अछुतो रहेन । नेपाल सरकारले चैत ११ देखि १८ गतेसम्मका लागि उर्दी गरेको ‘लकडाउन’ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बढी अवज्ञा भएको प्रहरीले जनाएको छ । मङ्गलबार ‘लकडाउन’ उल्लङ्घन गर्ने यहाँका ३३५ सवारी साधन र चार व्यक्ति प्रहरी नियन्त्रणमा परे ।
नेपाल प्रहरीले चैत ११ देखि १८ गतेसम्म कोरोना प्रकोपबाट बच्न नेपाल सरकारले मुलुकभर गरेको ‘लकडाउन’ बारे सूचना गरिरहँदा पनि नागरिक र सवारी साधनले त्यति वास्ता नगरेकाले नियन्त्रणमा लिन बाध्य भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिएका छन् ।
“प्रहरी जोखिम मोलेर नागरिकलाई सडकबाट सूचना, सुझाव र सुरक्षा दिन्छ । त्यसलाई सुनेर लागू गर्नुको साटो धेरै रमिते बन्छन्”, प्रहरी निरीक्षक रायमाझीले भन्नुभयो, “घरमै बस्नुहोस् भन्छौँ तर फुत्तफुत्त सडकको रमिता हेर्न आउँछन् ।”
नागरिकले आफ्ना लागि प्रहरी र स्वास्थ्यकर्मीको भूमिका बढी सक्रिय र महत्वपूर्ण छ भन्ने बुझ्दा पनि त्यसको बेवास्ता गरेको उनले दुखेसो पोखे । “हामीलाई विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीमा घरमै बस्ने अवसर छैन । दायित्व पूरा गर्न सडकमा बाध्य भएर गएका छौँ र जानुपर्छ नै”, उनले भने, “तर घरमै बस्नेहरु बेलाबेलामा रमिते बनेर सडकमा आउँदा नागरिककै सुरक्षार्थ खटिएको प्रहरीलाई थप सास्ती हुन्छ । यस्तो अवस्थामा हाम्रो कहर कसले बुझिदिने ?”
सरकारले नागरिककै जीउधन सुरक्षाका लागि गरेको ‘लकडाउन’ को पालना गर्नु हामी सबैको कर्तव्य भएको जनाएका उनले सुर्खेतमा नागरिकले सरकारले गरेको निर्देशनको पालना नगर्दा ‘लकडाउन’को पहिलो दिनमा मोटरसाइकल २६७, ट्रक ३९, जिप/हाइस/फोर्स ३१, बस १९, अटो ७ र ट्र्याक्टर २ गरी जम्मा ३३५ सवारी लिइएको बताए । आज पनि माइकिङबाट नागरिकलाई सूचना र सुझाव दिइसकिएकाले कसैले अटेर गरे सिधै लिएर कारवाही गर्ने उनको भनाइ थियो ।
भारतबाट फर्केका ५७ लाई क्वारेन्टाइनमा
भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका ५७ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन)मा राखेको छ ।
उनीहरु आज बिहान २ः०० बजे नेपालगञ्ज हुँदै सुर्खेत भित्रिएका थिए । भित्रिएकाहरुमा ५३ पुरुष र चार महिला रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिएका छन् । “कोरोनाको महामारीलाई ध्यानमा राखेर क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित अशोक होटलमा राखिएको छ ।” सूचना अधिकारी रायमाझीले भने, “कर्णाली प्रदेश सरकारको सहयोगमा उनीहरुलाई २७ कोठा भाडामा लिएर राखिएको हो ।”
सुर्खेतको खुलामञ्चमा उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले क्वारेन्टाइन निर्माण कार्य जारी रहेको हुँदो उनीहरुलाई सरकारले होटेलमा व्यवस्था गरेको उनले बताएका छन् । कर्णाली प्रदेश सरकारको मङ्गलबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले भारतलगायत विभिन्न देशबाट स्वदेश फर्केर बाटोमा अलपत्र परेका नागरिकको उद्धारका लागि १११० नम्बरको हटलाइन सेवा शुरु गरेलगत्तै ५७ जना सम्पर्कमा आएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
गलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
शैक्षिक केन्द्र बन्दै बर्दिबास
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार