शङ्कास्पद व्यक्ति आइसोलेसनमा राख्न मुख्यमन्त्रीको अनुरोध
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार २२:४५:४
१२ चैत, काठमाडौं । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणका शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले दुई साता यता अन्यत्रबाट आएका सङ्क्रमण शङ्कास्पद व्यक्तिको पहिचान गरी आइसोलेसनमा राख्न तथा यस सम्बन्धमा कुनै पनि सहयोग वा सहायताको आवश्यकता परे सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा प्रदेशस्तरीय एकीकृत सूचना केन्द्रमा सम्पर्क गर्न स्थानीय तहका प्रमुखलाई आग्रह गरेका छन् ।
उनले विश्वव्यापी रुपमा फैलिएको महामारी नियन्त्रण सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले निजी क्षेत्र, गैरसरकारी संस्था तथा सम्पूर्ण जनसमुदायलाई आ–आफ्नो तहबाट योगदान गर्दै राष्ट्रव्यापी लकडाउनलाई सफल पार्न अपिलसमेत गरेको छ ।
मुख्यमन्त्री राउतले यस सङ्कटको घडीमा दैनिक उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारवाही गर्दै दैनिक उपभोग्य सामान सहज र सुपथ मूल्यमा सर्वसाधारणलाई उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशनसमेत दिनुभएको छ । खुला सीमाका सबै नाकामा विशेष निगरानी र सुरक्षा व्यवस्था मिलाउनाका साथै जनताको जीउधनको सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन सुरक्षा निकायलाई उनले निर्देशनसमेत दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार