पुर्वीय धर्मदर्शनलाई चुनौति दिने विज्ञानको आविष्कार र सरकारी तयारी
नेपालबहस संवाददाता
चैत १२, २०७६ बिहिबार ०:३६:५८
सृष्टिको अनुपम उपहारका रुपमा रहेको मानव जातिकै दानवीय व्यवहारका कारण मानव मात्र नभएर सिङ्गो प्राणी जगतको अस्तित्व खतरामा पर्दै गैरहेको छ । किम्बदन्ती अनुसार ईश्वरले सम्पूर्ण सृष्टि सृजना गरिसकेर पनि आफुलाई सन्तुष्टि नमिलेपछि अन्त्यमा मानव जातिको सृष्टि गरेको भन्ने सुन्न पाईन्छ । यसबाट पनि संसारमा मानव जातिको सृष्टि भन्दा पहिला नै सिंगो प्रकृति र प्राणी जगतको सृजना भैसकेको बुझ्न सकिन्छ । सृष्टिको सबैभन्दा कान्छो उपहार साथै ईश्वरलाई समेत आफ्नो सृष्टिको सबैभन्दा उत्कृष्ट लागेको मानव जाति वास्तवमा मानविय मूल्य र मान्यतामा भने कहिल्यै अडिग रहन सकेको देखापदैन ।
मानवभित्र मानवियता हुनुपर्ने हो । दया, प्रेम, करुणा र सहयोगी भावना देखिनु पर्ने हो । आफु समस्यामा रहँदा कारुणिक भावमा प्रस्तुत हुने मानव जाति आफु अनुकुल समय आउने बित्तिकै पुर्णरुपमा वदलिएको अवस्थामा देख्न सकिन्छ । बिगतका विभिन्न कालखण्डमा मानवहरुले अति नै राम्रा र बयान गर्न लायक कामहरु गरेको इतिहास रहेको भएतापनि अहिले आएर मानव स्वरुप दानविय व्यवहारमा परिणत हुँदै गईरहेको देखिन्छ । मानिस र प्रकृति बीचको सम्बन्धलाई बुझ्न नसकेर हो वा बढी बुझेर हो ? मानव जातिले पछिल्ला बर्षहरुमा प्रकृतिको व्यापक रुपमा दोहन गरिरहेका छन् । यसैको विभिन्न असरहरुले सिङ्गो मानव बस्तीलाई नै खण्डहर बनाउन लागिरहेको छ ।
कतै बम बारुद र बिष्फोटक पदार्थले मानवमात्रको सातो उडाएको छ । कतै बिकिरण फैलिएको छ त कतै ओजोन तह नै प्वाल परिसक्यो भन्ने हल्लाले सताएको छ । कतै अनौठा अनौठा प्रकारका रोगहरु र महामारी सिङ्गो विश्वभरि दौडिरहेको छ । जङ्गलमा बसेर बर्षौसम्म ध्यान, तप र जप गर्नसक्ने पुर्वीय मानव विज्ञानलाई चुनौति दिदै विज्ञानका आविष्कार र तिनै आविश्कारका कारण उत्पन्न विषम परिस्थितिको सामना गर्न नसकेर मानव अहिले घरघरमा लुकेर बस्न बाध्य छ ।
ज्ञानभन्दा ठुलो विज्ञान मानेर पुर्वीय दर्शनलाई चुनौति दिने पश्चिमा मुलुकका विभिन्न प्रकारका आबिश्कारहरुले मानव मात्रलाई केही हदसम्म भौतिक सुख वा आनन्द दिएको आभाष मिलेता पनि यसले कुनैपनि मानव जातिका लागि सन्तोष र सन्तुष्टि उत्पादन गर्न भने अहिलेसम्म सकिरहेको छैन ।
विज्ञानका विभिन्न आविश्कारहरुले मानव तथा सिङ्गो प्रकृतिमा पुर्याएको क्षतिको आंकलन गर्ने हो भने यसका कहालीलाग्दो आकडाहरु अगाडि आउन सक्छन् । विश्व शान्ति र भाईचाराको सन्देश दिंदै विश्वभर फैलिरहेको पुर्वीय धर्मदर्शनले समस्त मानव जातिको जयजयकार गरेको पाईन्छ । प्राणी मात्रको जयजयकार गरेको पाईन्छ । माटो, हावा, पृथ्वी, जल र सम्पुर्ण प्राकृतिक सम्पदाहरुको संरक्षण गरेको पाईन्छ । अहिंसा र परोपकारको भावनात्मक सन्देश फैलाएको पाईन्छ । तर यसको ठिक विपरीत विज्ञानका तमाम आविश्कारहरुले मानव लगायत सिङ्गो प्राणी जगत र प्रकृतिको समेत विनाश निम्त्याईरहेको देखिन्छ ।
अहिले विज्ञानको चरम आविश्कारहरुबाट भएका उपलब्धिहरुको उपयोग गर्ने क्रममा मानव आफ्नो सिङ्गो आयु पनि बाँच्न नपाउने अवस्थामा पुगेको छ । कही जेट विमान तथा हवाईजहाज दुर्घटना, कही पानीजहाज दुर्घटना, कतै सडकमा दुर्घटनामा परेर बग्रेल्ती लडेका लाशहरु, कतै बाँच्लाकी भन्ने परिवारजनका टिठलाग्दा आशहरु, कतै ड्याम्म बन्दुक पड्केको सुनिन्छ । कतै बम बारुद र बिष्फोटक पदार्थले मानवमात्रको सातो उडाएको छ । कतै बिकिरण फैलिएको छ त कतै ओजोन तह नै प्वाल परिसक्यो भन्ने हल्लाले सताएको छ । कतै अनौठा अनौठा प्रकारका रोगहरु र महामारी सिङ्गो विश्वभरि दौडिरहेको छ । जङ्गलमा बसेर बर्षौसम्म ध्यान, तप र जप गर्नसक्ने पुर्वीय मानव विज्ञानलाई चुनौति दिदै विज्ञानका आविष्कार र तिनै आविश्कारका कारण उत्पन्न विषम परिस्थितिको सामना गर्न नसकेर मानव अहिले घरघरमा लुकेर बस्न बाध्य छ । सिङ्गो विश्व मानव समुदाय अहिले घर बाहिर निस्कनै नसक्ने अवस्थामा आईपुगेको छ ।
विज्ञानको आविष्कारको प्रतिफलको रुपमा सिङ्गो विश्वसहित हाम्रो मुलुक पनि अहिले अघोषित कोरोनामय झै भएको छ । सिङ्गो मुलुक ठप्प छ । यातायात ठप्प छ । बजार पसल ठप्प छन् । अति गरिब, श्रमिक, दैनिक ज्यालादारीमा काम गरेर खाने मजदुर वर्ग, लगायत दैनिक आयमा जीवन गुजारा चलाउनेहरुको अवस्थामा रहेका वर्गहरुको अवस्था अति जोखिमपुर्ण बन्दै गईरहेको छ ।
कोही कसैलाई यसले रमाईलो गर्ने समयको उपलब्धताको रुपमा लिएको भएतापनि यो यस्तो महामारी हो जसको असर पृथ्वीमा दशकौसम्म पनि रहिरहन सक्छ । यसले मानव जातिमा मात्रै असर पुर्याउने हैन मानवसँग प्रत्यक्ष जोडिएका जीवजन्तु, वनस्पति या प्राकृतिक श्रोत साधनमा समेत असर पार्न सक्छ । यतातर्फ अहिले कुनै खोज अनुसन्धान गर्न भ्याईएको छैन ।
पुर्वीय दर्शनमा रहेका नमस्कार, प्रणाम, जस्ता सम्बोधनका परम्पराहरु पनि त्यसबेलाका वैज्ञानिक प्रयोगशालाबाट खारिएर निस्किएका आविष्कारहरु रहेछन् जसले मानवबाट मानवमा सर्नसक्ने सरुवा रोगहरुबाट बचाउँदैछ । यसलाई पुर्वीय दर्शनले यथोचित प्रचार प्रसार गर्न सकेन । पुर्वीय दर्शनले बनाएका केही यस्ता नियमहरुको पालनाले मात्रै पनि विभिन्न प्रकारका सरुवा रोगहरुबाट बच्न र बचाउन सकिन्छ । यसलाई विज्ञानको आविश्कारलाई चुनौति भन्दा पनि सहयोगी कै रुपमा भएपनि लिनु आवश्यक छ । विज्ञानको आविष्कारको प्रतिफलको रुपमा सिङ्गो विश्वसहित हाम्रो मुलुक पनि अहिले अघोषित कोरोनामय झै भएको छ । सिङ्गो मुलुक ठप्प छ । यातायात ठप्प छ । बजार पसल ठप्प छन् । अति गरिब, श्रमिक, दैनिक ज्यालादारीमा काम गरेर खाने मजदुर वर्ग, लगायत दैनिक आयमा जीवन गुजारा चलाउनेहरुको अवस्थामा रहेका वर्गहरुको अवस्था अति जोखिमपुर्ण बन्दै गईरहेको छ ।
लाखौ विदेशिएका नेपालीहरुको रोजगारी गुम्ने अवस्थामा छ । उनीहरुले पाउने रकम नपाउने अवस्था सृजना भएमा उनीहरुमा आश्रित परिवारसमेत बिचल्लीमा पर्ने निश्चित छ । सरकारको मुख्य आर्थिक श्रोतको रुपमा रहेको रेमिट्यान्स घटने छ । अति आवश्यक सामाग्रीहरुको बजार भाउ क्रमशः बढदै छ ।
बिरामीका लागि आवश्यक पर्ने औषधिहरुको आयात र न्यायोचित वितरणमा सरकारले कसरी व्यवस्था मिलाउँदैछ ? सरकारले घण्टा घण्टाको अपडेट आम नागरिकलाई जानकारी गराउने कस्तो मेकानिजम बनाईएको छ ? या सरकार सिङ्गो मुलुकमा लकडाउन गरेर आफु मस्त निन्द्रामा सुतेको छ ? आम नागरिक सरकारको व्यवहारिक प्रत्युत्तरको आशामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामा गुरुबाट विशेष पूजा र मन्त्रोच्चारण गरी शीतलनिवासमा सोनाम ल्होसारको शुभारम्भ
माघ १५, २०८१ मंगलबार
मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
माघ १३, २०८१ आइतबार
देवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार