सङ्क्रमणका शंकास्पद बिरामीका लागि क्वारेन्टाइन सञ्चालन
नेपालबहस संवाददाता
चैत १२, २०७६ बिहिबार ०:५२:४८
१२ चैत, काठमाडौं । प्रदेश नंं २ सरकारले कोरोना भाइरस सङ्क्रमणका शंकास्पद बिरामीका लागि प्रदेशका चार स्थानमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रकुमार यादवका अनूसार वीरगञ्जको केडिया डेन्टल कलेज, गौरको गौर नर्सिङ इन्स्टिच्यूट र होटल सिया पैलेस तथा धनुषाको नगराइनस्थित मिथिला आयुर्वेद कलेज अनुसन्धान केन्द्रमा क्वारेन्टाइन सञ्चालन गरिएको छ ।
त्यस्तै कोरोना सङ्क्रमितको उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज र जनकपुरधामको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा व्यवस्थापन गरिएको जनाइएको छ । मन्त्री यादवले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई तत्काल कोरोना भाइरस परीक्षणका लागि तयार गर्न तदारूकताका साथ काम भइरहेको बताएका छन् ।
उनले कोरोना भाइरस सङ्क्रमण वा प्रसार रोक्न सधन गृहकार्य भइरहेको भन्दै प्रदेशका आठ वटै जिल्ला र सुरक्षा संयन्त्र पूर्ण क्षमताका साथ परिचालित हुन प्रदेश सकारले आवश्यक रकमसमेत विनियोजन गरेको जानकारी दिएका छन् । मन्त्री यादवले कोरोना भाइरसका शंकास्पदका लागि एम्बुलेन्सको व्यवस्था ,क्वारेन्टाइन केन्द्र र अस्पतालमा सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालयमार्फत गरिएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार