गण्डकी प्रदेशद्वारा १५ करोडको कोष स्थापना
नेपालबहस संवाददाता
चैत १२, २०७६ बिहिबार १:५०:४३
१२ चैत, काठमाडौं । गण्डकी प्रदेश सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र व्यवस्थापन लागि रु १५ करोडको कोष स्थापना गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बाणिज्य बैङ्कमा खाता खोलेर सो कोष स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताएका छन् ।
सो कोषमा सातै जना मन्त्रिहरुको एक महिनाको तलब जम्मा गर्ने निर्णय भएको र प्रदेशसभा सदस्य, अन्य जनप्रनिनिधि, राष्ट्रसेवक कर्मचारी, नीजि क्षेत्र तथा सङ्घ संस्थालाई समेत कोषमा रकम जम्मा गर्नका लागि अनुरोध गरिएको उनको भनाइ छ । सरकारले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा पाँच सदस्सीय कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन समिति समेत गठन गरेको छ ।
समितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधारमन्त्री बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन र सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य रहनुभएको छ ।
सरकारका प्रवक्ता बस्नेतले आजदेखीनै सबै कामहरु सो समितिअन्तर्गत हुने जानकारी दिएका छन् । मन्त्रिपरिषद्ले प्रदेशका ११ वटै जिल्ला अस्पताललाई कोरोनाका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न रु पाँच लाख उपलव्ध गराउने भएको छ । यसअघि सबै जिल्ला अस्पताललाई रु पाँच लाख पठाइएकामा थप रकम निकासा गर्ने निर्णय बैठकले लिएको सरकारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार