काँग्रेसको शुभेच्छुक जनसम्पर्क समितिद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग
नेपालबहस संवाददाता
चैत १३, २०७६ बिहिबार १४:४०:५७
१३ चैत, काठमाडौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ । नेपाली जनसम्पर्क समिति साइप्रस, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारले पठाएको रकम नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरेका छनु ।
पार्टीको विभिन्न सम्पर्क समितिबाट पठाएको रु एक लाख ३५ हजार ४४१ मा प्रवक्ता शर्माले रु १० हजार थपेर अविष्कार केन्द्रलाई हस्तान्तरण गरेको हो । प्रवक्ता शर्माले खाडी मुलुकमा काम गर्ने नेपालीले आविष्कार केन्द्रका लागि उठाएर पठाएको रकम हस्तान्तरण गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका छन् । “कोरोना सङ्क्रमणबाट लड्न सबै नेपाली हातेमालो गरेर अगाडि बढ्नुपर्छ”, उनले भने ।
केन्द्रका प्रमुख पुनले कोरोना सङ्क्रमणको जोखिमका बीच पनि विदेशमा बसेका नेपालीले केन्द्रलाई सहयोग गरेकोमा धन्यवाद दिए । सबै नेपालीको हातेमालो नै केन्द्र अगाडि बढ्ने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार