विद्यालयलाई बनाइँदै क्वारेन्टाइनकक्ष, सचेत बन्दै नागरिक
नेपालबहस संवाददाता
चैत १३, २०७६ बिहिबार १५:४०:४४
१३ चैत, पाल्पा । कोरना भाइरसको सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न स्थानीय तहले विद्यालय भवनलाई क्वारेन्टाइन कक्ष बनाएका छन् । तानसेन, रामपुर, बगनासकाली, रम्भा, माथागढी, तिनाउ, रिब्दीकोटका विभिन्न विद्यालयलाई क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ ।
रामपुर नगरपालिका–५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा नगरपालिकाले तत्कालका लागि २४ श्ययाको क्वारेण्टाइनकक्ष तयार पारिएको नगरप्रमुख रमणबहादुर थापाले बताएका छन् । बाहिरबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण गरेर १४ दिनसम्म क्वारेन्टाइन कक्षमा राखिने उनले बताएका छन् । तानसेन नगरपालिका–६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पचास श्ययाको क्यारेन्टाइन कक्ष बनाउँदैछ । तिनाउ गाउँपालिकाले दोभान माविमा १० श्ययाको क्वारेन्टाइन बनाएको छ ।
विदेशबाट आएका र कोरना भाइरससँग सङ्क्रमित भएका नागरिकलाई स्वास्थ्य परीक्षण गरेर क्यारेन्टाइनमा राखिने गाउँपालिकाले जनाएको छ । क्वारेन्टाइनमा दुई जना स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
तत्कालका लागि १० श्ययाको क्वारेन्टाइन बनाए पनि यसलाई विस्तार गर्दै जाने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताएकका छन् । दोभान प्रहरी चौकीमा बाहिरबाट प्रवेश गर्ने यात्रुहरुको थर्मल स्क्यानर मेसिनद्वारा स्वास्थ्य परीक्षण गर्ने गरिएको अध्यक्ष मगरले जानकारी दिएका छन् । रम्भा गाउँपालिकाको रम्भा माविमा ५० श्ययाको क्वारेन्टाइन कक्ष बनाइएको छ । विद्यालयमा दुई कोठामा क्वारेन्टाइनको व्यवस्था, शुद्ध खानेपानी, ग्यास तथा खाद्यान्न, लत्ताकपडा, बिजुली जडानको व्यवस्थापन गरेको छ ।
बाहिरबाट गाउँपालिकामा भित्रने नागरिकलाई अनिवार्य स्वास्थ्य जाँच, तीन सामुदायिक स्वास्थ्य केन्द्र भवन, चार स्वास्थ्य केन्द्र र एउटा स्वास्थ्य केन्द्र भवनमा औषधि, मास्क, हातधुने व्यवस्था, स्यानिटाइजर, पञ्जालगायत सामग्रीको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
बगनासकाली गाउँपालिकाको चन्द्र माविमा २०, रिब्दीकोट गाउँपालिकाको सरस्वती माविमा १८, माथागढी गाउँपालिकाको दिपज्योति नमूना माविमा १५ श्ययासहितको क्वारेण्टाइन तयार गरिएको छ ।
भारतबाट फर्केका होम क्वारेन्टाइनमा
पाल्पाको रामपुर नगरपालिकामा भारतबाट फर्किएका ४२ जना होम क्वारेन्टाइनमा बसेका छन् । केही दिनअघि भारतबाट गाउँ फर्केका रामपुर नगरपालिका–१० का नागरिक कोरना भाइरसबाट सजग रहन होम क्वारेन्टाइनमा बसेको पाइएको छ ।
रामपुर नगरपालिकाले घुम्ती टोलीका क्रममा बुधबार भारतबाट फर्केका यहाँका ४२ नागरिक आफ्नो सुरक्षाका लागि सतर्क रही होमक्वारेन्टाइनमा बसेको भेटिएको नगरप्रमुख रमणबहादुर थापाले बताएका छन् । “भारतबाट भर्खर आएका धेरै नागरिक छन् भनी थाहा पाएपछि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोली घरघरमा पुगेर सोधपुछ गर्दा उनीहरु आफै सजग रहेर होमक्वारेन्टाइनमा सुरक्षित तरिकाले बसेको पाइएको छ”, नगरप्रमुख थापाले भने ।
कोभिड–१९ को सचेतनास्वरुप भारतलगायत तेस्रो मुलुकबाट आएकालाई होमक्वारेन्टाइन तथा रामपुर नगरपालिकाले तयार पारेको क्वारेन्टाइन कक्षमा बस्न सुझाव दिइएको नगरप्रमुख थापाको भनाइ छ । बाहिरबाट गाउँ आएका नागरिकको वडा–वडामा निगरानी गर्ने काम भएको छ । यस्तै रामपुर नगरपालिकाले विभिन्न सिमानाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
सुनसान बन्दै पाल्पा
सरकारले लकडाउन गरेपछि पाल्पा जिल्लाको वातावरण सुनसानमय बनेको छ । अति आवश्यक सवारी साधन केही फाट्टफुट्टरूपमा मात्र चलेका छन् भने नागरिक घरबाट बाहिर निस्केका छैनन् । जिल्ला सदरमुकाम तानसेन, रामपुर, आर्थोकलगायतका बजार ठप्प छन् । जिल्लाका १० वटै स्थानीय तहमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा खटिएका छन् । सडकमा जथाभावी हिँड्नेलाई घरमा बस्न सचेत गराइएको छ ।
जिल्लामा सञ्चालन हुँदै आएका विभिन्न व्यापार, व्यवसाय, उद्योग कलकारखाना बन्द छन् । विभिन्न योजनाका काम पनि बन्द गरिएको छ । जिल्लाका मुख्य नाकामा आवतजावत बन्द गरिएको छ । रामपुर नगरपालिकामा लकडाउनलाई मजबुत बनाइएको छ । रामपुरका विभिन्न सीमानाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट घर आएका नागरिकलाई खोजी गर्न र उनीहरुको स्वास्थ्य परीक्षणका लागि घुम्ती टोली परिचालन गरिएको छ । शङ्कास्पद लागेमा उनीहरुलाई स्वास्थ्य परीक्षण गरेर रामपुर नगरपालिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।
सचेत बन्न थाले नागरिक
नागरिक पनि सचेत बन्न थालेका छन् । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने अभियानमा लकडाउनको समर्थनमा नागरिक लागेका छन् । लकडाउनको पहिलो दिन केहीले अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मङ्गलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्म निषेधाज्ञा लगाएको छ । नागरिक सुरक्षाका लागि सेल्फ क्वारेण्टाइनमा बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार