गल्याङमा ७६ जना होम क्वारेन्टाइनमा, ८ सैयाको आइसोलेसन वार्ड तयार
नेपालबहस संवाददाता
चैत १३, २०७६ बिहिबार १८:३:३१
१३, चैत, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को उच्च सतर्कता अपनाइएको छ ।
नगरपालिकाका मेयर भूपराज अधिकारीको संयोजकमा काम गरिरहेको कोरोना भाइरस (कोभिड १९) उच्च सतर्कका समितिले हालसम्म उक्त पालिकामा बिदेश बाट भित्रिएका ७६ जना नेपालीलाई होम क्वारेन्टाइनमा राखेको छ । नगरका विभिन्न वडामा क्वारेन्टाइनको पनि गरेको छ । चार नम्बर प्रदेशको मुख्य नाका राम्दीमा हेल्थ डेक्स राखेसंगै सतर्कता अभियानलाई तीव्रता दिएको मेयर भूपराज अधिकारीले जानकारी दिए । उनले भने “ नगरपालिकामा मेरो संयोजकमा समिती बनेको भएपनी सबै वडामा वडा अध्यक्षको संयोजकमा उप समिति निर्माण गरेर भाइरसको सतर्कता सम्बन्धि काम भैइरहेको छ । “
गल्याङ नगरपालिका तीनमा रहेको नगर हस्पिटलको नजिकै आठ सैयाको आइसोलेसन वाड तयारी पारिएको अधिकारीले जानकारी दिए । “ हामीले हस्पिटल नजिकै आइसोलेसन वाड तयार पारेका छौं भने सबै वडामा क्वारेन्टाइनको ब्यबस्था मिलाउने तयारीमा छौँ क्वारेन्टाइन कतिपय ठाउँ निर्माण भैइसकेको छ भने कतिपय ठाउँमा निर्माणाधीन अवस्थामा । “ उनको भनाइ थियो । हालसम्म वैदेशिक रोजगारको क्रममा दुबई, भारत, कुवेत, कतार लगायतका देश बाट आएका ब्यक्तिलाई होम क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।
नगरपालिकाको वडा नम्बर एकमा २७ सदस्यीय समिति बनाएर काम गरिरहेको वडा अध्यक्ष गणेश बस्यालले जानकारी दिए उनले भने “ उच्च सतर्कका लाई ध्यानमा राख्दै सार्वजनिक माविमा क्वारेन्टाइन वाड निर्माण गरेका छौं । “ त्यस्तै हामीसंग कुराकानी गर्दै नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले समग्रमा अवस्था सामान्यनै रहेको भन्दै आतंकित नहुन तर सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरे । “ हाम्रो वडामा अहिलेसम्म वैदेशिक रोजगारी बाट फर्किएका तीन जान हुनुहुन्छ उहाँहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ “ उनले भने । बिशेषगरि बजार क्षेत्र रहेको हुँदा अन्य वडाको तुलनामा यो वडामा उच्च सतर्कता बढी अपनाउनुपर्ने भन्दै बजारमा दैनिकी उपभोग्य बस्तु अभाव सिर्जनासंगै कालाबजारी हुन नदिन पनि बिशेष काम गरिरहेको उनले बताए । “ म आफै घर घरमा गएर सबैलाई आग्रह गरेको छु । बजारमा समान पाउनुभएन भने मलाई सम्पर्क गर्नुस् “ उनको भनाइ थियो । सरकारले गरेको लकडाउनमा सबै नगरवासीले साथ दिएको हुँदा लक डाउन पुर्ण रुपमा पालना भएको पनि उनले बताए ।
हामीसंग कुराकानी गर्दै गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले दुई नम्बर वडामा १७ सदस्यीय उप समिती मार्फत काम भैइरेको जानकारी दिए । उक्त वडामा ६ शैयाको क्वारेन्टाइनमा समेत निर्माण गरिएको उनले जानकारी दिए । नगरवासी सबैलाई त्रसित नहुन तर उच्च सतर्कता अपनाउन अधिकारीले अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार