अब आधा सिलिण्डर मात्रै ग्यास पाइने

नेपालबहस संवाददाता
चैत १३, २०७६ बिहिबार १९:२८:५३

१३ चैत्र, काठमाडौं । कोरोना भाइरसबाट जोगिन सरकारले मुलुकमा साताव्यापी लकडाउनको घोषणा गर्दा बिगतमा जनसमक्ष गरेका बाचा कुनै पूरा गर्ने लक्षण देखिएको छैन । सर्वसाधारणलाई घरबाट ननिस्कन आह्वान गर्दैगर्दा मन्त्री प्रधानमन्त्रीले दिएका आश्वासन कुनैपनि पूरा भएका छैैनन् । बरु सरकार गैरजिम्मेवार ढंगमा देखापरेको छ ।
लामो समय खाना पकाउने ग्यासको अभाव र कालोबजारी बढेको भन्दै उपभोक्ताले गुनासो गर्दा सरकारले त्यसको प्रभावकारी अनुगमन गरेन । बरु ग्यास आपूर्तिमा अब सहजता हुने भाषण गर्न मन्त्रीहरु तम्सिए । तर आजबाट सरकारी संयन्त्र नै ग्यासको आपूर्ति गर्न नसक्ने लाचारी प्रकट गर्दै अब आधा सिलिण्डर मात्रै ग्यास भर्न व्यवसायीलाई आग्रह गर्न थालेको छ ।
नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार अहिलेको विषम परिस्थितिमा आधा सिलिण्डर मात्रै ग्यास भर्न व्यवसायीलाई निर्देशन दिइएको हो । उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण गरेकाले नै यस्तो अवस्था आइपरेको उनको भनाई छ । तर व्यवसायी भने सरकारको यस्तो निर्देशन आइनसकेको बताउँछन् ।
नेपाल ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे भन्छन्– बाहिर हल्ला त सुनेको छु, तर निगमका तर्फबाट आधिकारिक रुपमा कुनै निर्देशन आइसकेको छैन । आज पनि हामीले पूरा सिलिण्डर नै भरेर ग्यास बजार पठाएका छौं – घिमिरेले भने । सरकारका तर्फबाट त्यस्तो निर्देशन आयो भने हामी अवश्य पनि पालना गर्ने छौं भन्दै अध्यक्ष घिमिरेले आधा सिलिण्डर भरेर पठाउनुपर्ने अभाव चाहिं भएको जस्तो लाग्दैन भने ।
अहिले पनि भारतबाट पर्याप्त मात्रामा एलपीजी आईरहेको छ, तर सरकारले किन यस्तो निर्णय गर्न लागेको हो बुझ्न सकिएन – निगममा कार्यरत एकजना पदाधिकारीले भनेका छन् । स्रोतका अनुसार, सरकारले ग्यासको अभाव भएर यस्तो निर्णय गर्न लागेको नभई विद्युतको खपत बढाउने रणनीति अपनाउन खोजेको हो ।
देशमा लकडाउन सुरु भएयता उद्योगधन्धा बन्द भएकाले विद्युत खपत ज्यादै न्यून भएकाले बढाउने उद्देश्यले यस्तो निर्णय गर्न लागिएको हो । खाना पकाउने ग्यासको बदला विद्युतीय इन्डक्सनको खपत बढोस् भन्ने मनसायले यस्तो निर्णय गर्न लागेको हुनसक्ने संभावना उनले औंल्याए । चार वर्ष अघि भारतले नाकाबन्दी लगाउँदा पनि नेपाली उपभोक्ताले यसैगरी आधा सिलिण्डर ग्यास लिनु परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
सात महिनामा वीरगञ्ज नाकाबाट ४० अर्ब बढीको सामान निर्यात
फागुन १५, २०८१ बिहिबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार