अलपत्र परेका १० हजार विदेशी पर्यटकको उद्धार गरिंदै
नेपालबहस संवाददाता
चैत १३, २०७६ बिहिबार २०:२८:५०
१३ चैत्र, काठमाडौं । कोरोना भाइरसको संन्त्रासले यतिबेला लगभग पूरा संसार नै लकडाउन छ । महाशक्ति अमेरिका होस् वा युरोपेली मुलुक किन नहुन्, सबैको नियति उस्तै छ । हाम्रो उत्तरी छिमेकी चीनको बुहानबाट सुरु भएको यो महामारीबाट उ थोरै भएपनि राहत पाउने अवस्थामा पुगेको छ । तर त्यहाँबाट सल्केको डँढेलोले अन्यत्र भने विनाश लीला मच्चाउने लक्षण देखाएको छ ।
दक्षिणी छिमेकी भारतमा समेत यो महामारी भयावह बनेपछि नेपाल बढी संवेदनशील भएको छ । जुन आवश्यक पनि हो । भारतले पनि अहिले तीनहप्ते लकडाउन थालेको छ । अकस्मात यस्तो निर्णय गर्दा कतिपय व्यवहारिक पक्षलाई ठूलै घात हुने देखियो । भारतको मुम्बैबाट नेपाल हिंडेका कतिपय नेपाली दिल्ली आइपुगेपछि लकडाउनको चपेटामा परेका छन् । उनीहरु भोकभोकै सडकमै रात कटाउन बाध्य भएको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।
त्यस्तै अवस्था नेपालमा पनि देखिएको छ । युरोप अमेरिकाबाट नेपाल घुम्न आएका पर्यटकहरु अप्रत्यासित रुपमा गरिएको लकडाउनले हल न चलको अवस्थामा पुगेका छन् । विभिन्न पर्यटकीय क्षेत्रमा अलपत्र परेका उनीहरुलाई नेपाल सरकारले काठमाडौं ल्याएर स्वदेश फर्काउने प्रबन्ध मिलाउन सुरु गरेको छ ।
देशका विभिन्न भागमा पुगेका विदेशी पर्यटकको तथ्यांक सरकारले तयार गरेको छ । पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार, हाल नेपाल घुम्न आएका करिब १० हजार विदेशी पर्यटक अलपत्र परेका छन् । उनीहरुलाई स्वदेश फर्काउने तयारीसमेत सरकारले गरेको जानकारी उनले दिएका छन् ।
भोलिसम्म युरोपका केही पर्यटकलाई फर्काउन विमान आउँदै छ – मन्त्री भट्टराईले भनेका छन् यो क्रम विस्तारै अघि बढ्ने छ । युरोप अमेरिका, जापान र अष्ट्रेलियाका नागरिकलाई सुरुमा पठाउने तयारी रहेको जानकारी पनि उनले दिएका छन् । हामीले आप्mनो जिम्मेवारी पूरा गर्नैपर्छ भन्दै उनले विदेशी पर्यटकलाई जसरी पनि उद्धार गरिने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार