जोखिमका बिच सेवा दिँदै औषधि व्यवसायी
नेपालबहस संवाददाता
चैत १३, २०७६ बिहिबार २०:३३:५
१३ चैत, झापा । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेको आज तेस्रो दिनसम्म झापाका औषधि व्यवसायीले सेवा दिइरहेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम भए पनि अत्यावश्यक सेवाअन्तर्गत औषधि व्यवसाय भएकाले आफूहरुले जोखिम लिएर भए पनि सेवा दिइरहेको उनीहरुको भनाइ छ । प्राञ्जल फार्मेसी बिर्तामोडका सञ्चालक विनय डाँगीले सरकारले लकडाउन घोषणा गरेयता दिउँसो ३ देखि बेलुका ६ बजेसम्म पसल खुला राखिएको बताए । उनले नागरिकको अत्यावश्यक वस्तुका रुपमा औषधि रहेकाले आफूहरुले समय तालिका बनाएर भए पनि पसल खुला राखेको बताएका छन् ।
“लक डाउनका कारण चिकित्सकीय सेवा बन्द छ तर औषधि पसल भने खोलिएको छ”, उहाँले भन्नुभयो, “डाक्टरको सेवा नभए पनि मास्क र आवश्यक औषधिका लागि पनि पसल नियमित खोलिरहेका छौँ ।” आफूहरुको सुरक्षा नभए पनि व्यावसायिक धर्म पूरा गर्न पनि पसल खोल्ने गरेको उनले बताएका छन् ।
प्रदीप फार्मेसी बिर्तामोडका सञ्चालक प्रदीप खरेलले समस्या भए पनि पसल सञ्चालन गरिरहेको बताएका छन् । उनले भने, “साह्रै गाह्रो परेका मानिस आउने हुन् । समय मिलाएर भए पनि खोल्नै प¥यो नि ।” लक डाउनका कारण घरबाट पसल पुग्नसमेत समस्या हुने गरेको सुनाउँदै उनले भने, “पसल आउँदा प्रहरीले रोक्यो, औषधि व्यवसायी भनेपछि छोडिदिएका छन् ।” औषधि व्यवसायीको सुरक्षाका लागि सरकारीस्तरबाट आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ ।
ओम झापा मेडिकलका सञ्चालक सुरेश खतिवडाले निश्चित समय तोकेर पसल खोल्न थालिएको बताएका छन् । बिहान र बेलुकाको समय मिलाएर पसल खोल्ने गरिएको उनले बताउछन् । “धेरै इमर्जेन्सी पर्नेहरुले फोन गर्छन्”, उनले भने, “उनीहरुलाई पनि औषधि दिनै प¥यो, नियमित औषधि खानेहरु पनि छन् ।” यस्तो जोखिमका बेलामा आफूहरुको सुरक्षाको व्यवस्था नभएको उनी बताउछन् । “मास्क र पञ्जा लगाएर बसेका छौँ”, उनले भने, “कोही औषधि लिन आउँदा दूरी कायम गर्छौं, साबुन पानीले हात धोएपछि मात्रै आउन दिने गरिएको छ ।”
बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी बिर्तामोडकी सञ्चालक नर्वदा भट्टराई सरकारले सुरक्षा दियो भने मात्रै औषधि पसल खोल्न सकिने अवस्था रहेको सुनाउछन् । “औषधि लिन एकदमै आवश्यक पर्ने मानिस मात्र आइरहेका छन्”, उनले भने, “नियमित औषधि सेवन गर्ने र थेरापी गराउनेलाई सेवा नदिई हुँदैन ।” लक डाउन रहेसम्म फिजियो थेरापी सम्भव नभए पनि फार्मेसी सेवा दैनिक पाँच घन्टासम्म उपलब्ध हुने उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार