लकडाउनको मौका छोपी कालोबजारी गर्ने तीन व्यापारी पक्राउ
नेपालबहस संवाददाता
चैत १३, २०७६ शुक्रबार ०:३४:०
१३ चैत, जनकपुर । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई रोकथाम गर्न देशव्यापी ‘लकडाउन’ जारी भएको मौका छोपी आलु र प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट बजार अनुगमनका लागि खटिएका प्रहरी टोलीले जनकपुरधामको विभिन्न स्थानबाट कालोबजारी गर्ने व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ कदम चोकका ४८ वर्षीय प्रदीप अग्रवाल , वडा नं. ४ महावीर चोकका २० वर्षीय अंकित साह र वडा नं ४ महावीर चोकका विकासकुमार साह रहेकाे प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने व्यापारीले आलु प्रतिकेजी रू. ५० र प्याज प्रतिकेजी रू १०० मा बिक्री गरिरहेको जनाइएको छ । पक्राउ गरिएकाको थप अनुसन्धान जारी रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार