लकडाउन प्रभाव : राजविराजका सबै पत्रपत्रिका बन्द
नेपालबहस संवाददाता
चैत १३, २०७६ शुक्रबार १:०:८
१३ चैत, राजविराज । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेपछि राजविराजका पत्रपत्रिका प्रकाशन बन्द भएका छन् । सप्तरीको राजविराजबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिएका छन् । राजविराजसहित जिल्लाका विभिन्न ठाउँबाट एक दर्जन दैनिक पत्रिका र तीन दर्जन साप्ताहिक पत्रिका नियमित प्रकाशन हुँदै आएका छन् ।
लकडाउनको समयमा बाहिर निस्कन नमिल्ने भएकाले पत्रिका प्रकाशन गर्न समस्या भएको हो । पत्रिका प्रकाशन गरे पनि यहाँ पत्रिका बिक्रीवितरण गर्ने मान्छे तयार नभएका कारण प्रकाशन बन्द भएको नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष यादवले बताएका छन् ।
साथै राजविराज बजारसहित अधिकांश पसल बन्द भएका कारण ग्राहकसम्म पत्रिका पु¥याउन समस्यासमेत भइरहेको भन्दै पत्रिका प्रकाशन बन्द गरिएको हो । जिल्लाबाट सञ्चालित अनलाइन भने निर्वाध सञ्चालन हुने गरेको पत्रकार महासङ्घका उपाध्यक्ष यादवले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार