कालीगण्डकीमा २८ जना होम क्वारेन्टाइनमा, स्वास्थकर्मी घरघरमै
नेपालबहस संवाददाता
चैत १३, २०७६ शुक्रबार २:२८:२१
१३ चैत्र स्याङ्जा । कालीगण्डकी गाउँपालिका दुबई र भारत बाट आएका २८ जना नेपालीलाई होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष खिम थापाले जानकारी दिए ।
बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को उच्च सतर्कताका लागि बिदेश बाट आएको १४ दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने सरकारले गरेको आह्वान स्वरुप उनिहरुलाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष थापाले बताए । उनिहरुको अवस्था सामान्य रहेको हुँदा अहिलेसम्म उनिहरुलाई होम क्वारेन्टाइनमा राखिएको थापाको भनाइ थियो । “सुरुका दिनमाहरुमा प्रहरी प्रशासननै लगाउनुप–यो अहिले भने गाउँपालिकाको सम्पर्कमा होम क्वारेन्टाइनमा बस्नु भएको छ “ थापाले भने ।
सामान्य रुघाखोकी लागेमा पनि घरघरमै उपचारको ब्यबस्था मिलाएको पालिकाले गाउँपालिकाभरी स्वास्थकर्मी परिचालन गरेको छ । “ यदि बिरामी भेटियो भने बिरामी अन्यत्र जादा सबैमा सर्न सक्ने हुँदा उच्च सतर्कताका लागि स्वास्थकर्मी खटाइएको छ । “ थापाको भनाइ थियो ।
गाउँपालिका अध्यक्ष खिम थापाको अध्यक्षतामा बनेको उच्च सतर्कता समितिले गाउँपाकिकामा १६ वाडको क्वारेन्टाइन बनाएको भएपनि अहिलेसम्म उक्त क्वारेन्टाइनमा कसैलाई राख्नुपर्ने अवस्था सिर्जना नभएको थापाले बताए । पालिकाले यस भाइरसका उच्च जोखिमका बिसयमा माइकिङ समेत गर्दै हिडेको उनले जानकारी दिए ।
सरकारले गरेको लकडाउन कालीगण्डकी गाउँपालिकामा पुर्ण रूपमा कार्यनयन भएको बताउदै अध्यक्ष थापाले बिहिवार देखि भने दैनिकी एक दुई घण्टा गाउँपालिका भित्र खाद्यका गाडी संचालन गर्न अनुमानि दिइएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार