सुदूरपश्चिमका १३ जनाको स्वाब नमूना परीक्षणका लागि काठमाडौं पठाइयो
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १६:४९:१९
१४ चैत, काठमाडौं । सुदूरपश्चिमका कोरोना भाइरस संक्र्रमणको आशंका गरिएका १३ जनाको स्वाब नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ । कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश प्रयोगशालामा विभिन्न प्रदेशका जिल्लाबाट संकलन गरी पठाइएको १३ वटा नमूना परीक्षणका आएकोमा ती सबै थ्रोट स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रदेश प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले जानकारी दिएका छन् ।
उनका अनुसार सेती प्रादेशिक अस्पतालमा संकलित आठ, महाकाली अस्पतालबाट पठाइएका दुई, बैतडी जिल्ला अस्पतालका दुई र डोटी जिल्ला अस्पतालबाट पठाइएको एक गरी १३ को नमूना परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको हो । कोभिड १९ फैलिन नदिन सरकारले लकडाउन लागू गरेसँगै हवाई सेवा समेत बन्द भएकाले सुदूरपश्चिम प्रदेशबाट नमूना परीक्षणका लागि गाडीमार्फत काठमाडौं पठाइएको छ । उनले नमूना परिक्षणको रिपोर्ट आउन दुई तीन दिन लाग्ने बताएका छन् ।
हाल अलग्गै आइसोलेसनमा राखेर उनीहरूको उपचार भइरहेको छ । प्रदेश प्रयोगशालाले सुदूरपश्चिमबाट यसअघि पठाइएका १४ वटा नमूना परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । कोभिड १९ को परिक्षण गर्न सुदूरपश्चिममा प्रयोगशाला छैन ।
यस्तै सुदूरपश्चिमका मठमन्दिरमा पशुबली चढाउन निषेध गरिएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बिहिबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि मठमन्दिरमा भिडभाड नगर्नेदेखि पशु बली चढाउन समेत निषेध गर्ने निर्णय भएको जानकारी र्दिएका छन् । चैते दशैंका बेला बली चढाउने चलन भएकाले टाढाटाढाबाट बलीका लागि पशु ल्याइएको भए पनि सुरक्षा निकायले त्यसलाई निषेध गर्ने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार