जङ्गली हात्ती बस्ती पसेपछि स्थानियबासि हैरान
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १७:४३:४१
१४ चैत, महोत्तरी । जङ्गली हात्तीको त्रासले चुरे क्षेत्रका बासिन्दा रातैभरि जाग्राम बस्न थालेका छन् । महोत्तरी, धनुषा र सिन्धुली जिल्लाको सीमाक्षेत्र चुरे काछका बस्तीमा जङ्गली हात्तीको आवागमन बाक्लिएसँगै यस क्षेत्रमा त्रास बढेको हो ।
“रात परेपछि हात्तीको त्रासले निदाउन सकिँदैन”, चुरेको काखकै महोत्तरीको बर्दिवास नगरपालिका–३ पर्साहीधापकी गृहिणी मनमाया पुलामीले भने, “हात्तीले आफ्नो बस्तीमा पोहोरपरार मच्चाएको उधुम सम्भm्यो कि निद्रा लाग्दैन ।” गत वर्ष हिउँदमा पर्साहीधापका मात्र चार घर हात्तीले भत्काएको पुलामीले बताए ।
अहिले पछिल्ला तीन दिनयता चुरे वरपरका बस्तीमा हात्ती पसेका खबर बाहिरिएपछि यस भेगका सर्वसाधारणमा थप त्रास बढेको हो । बिहीबार बिहानमात्र चुरे काखको सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१ गिजियानीमा हात्तीको आक्रमणले दुई घाइते भएपछि तीनै (महोत्तरी, धनुषा र सिन्धुली) जिल्लाका जोडिएका बस्तीमा त्रास बढेको बर्दिवास–३ कै रजवासका सामाजिक कार्यकर्ता रामबहादुर थापा बताउछन् ।
“हेर्नुहोस् न तीनै जिल्लाका बस्ती जोडिएका छन्, एक ठाउँमा हात्तीको उत्पात मच्चिनासाथ वरपरका कुनै बस्तीका मान्छे सञ्चसँग सुत्न सक्दैनन्”, थापाले भने, “वर्षेनी जङ्गली हात्तीको उत्पात ती जिल्ला जोडिएका बस्तीमा हुँदै आएको छ ।”
महोत्तरीको बर्दिवास नगरपालिका, धनुषाको मिथिला नगरपालिका र सिन्धुलीका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका बस्ती चुरेसँगै जोडिएर वारिपारि छन् । यी क्षेत्रका बस्तीमा वर्षेनी जङ्गली हात्तीले घर भत्काउने, बालीनाली सखाप पार्ने र कतिपय बेला मान्छेलाई लडाउने गरेको दुःख आपूmहरुको नियति नै बनिसकेको छिमेककै धनुषाको मिथिला–१० तुलसी बस्तीका ७२ वर्षीय टीकाप्रसाद बराल बताउछन् ।
वर्षेनी प्रायःजसो हिउँदतिर तीन–चारको सङ्ख्यामा चुरे काछका बस्तीमा पस्ने हात्तीले पालैपालो एकअर्को जिल्लाका बस्तीमा पसेर नोक्सान पु¥याउने गरेका छन् । गत वर्ष हिउँदमा बर्दिवास नगरपालिका–३, ४ र ५ का करिब एक दर्जन बस्तीमा पसेका जङ्गली हात्तीको समूहले ११ घरमा क्षति पु¥याउनसँगै बालीनाली नोक्सान गरेको बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गानाले सम्झए ।
दिनभरि घना जङ्गलमा सुत्ने हात्तीले प्रायःजसो मध्यरातपछिको समयमा बस्ती पसेर उधुम मच्चाउने गरेको छ । “भर्खर चुरेपारिको गिजियानीमा दुई जनालाई लडाएर घाइते बनायो”, बर्दिवास–३ पाटुका सुदर्शन घिमिरेले भने, “कुन दिन कुन बस्तीमा पस्छ, भन्नै सकिँदैन, अनि निदाउने त कुरै आउँदैन ।” अहिले कोरोना त्रासले मुलुकमा ‘लकडाउन’ जारी गरिएका बेला जङ्गली हात्ती बस्ती पसेपछि सर्वसाधारणको हैरानी बढेको हो । यस भेगका सर्वसाधारणले हात्ती धपाउन सुरक्षा निकायले पहलकदमी लिएर आपूmहरुलाई सुरक्षित बनाइदिन हारगुहार गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार