छल्न खोज्ने दुई हुम्ली राख्यो प्रहरीले होम क्वारेनटाइनमा
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १८:१२:२५
१४ चैत, हुम्ला । कोडिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न दुई हुम्लीलाई प्रहरीले होम क्वारेनटाइनमा राख्ने काम गरेको छ । नेपालका विभिन्न स्थानीय नाकाहरु तथा प्रहरी चौकीलाई छल्दै भारतबाट आए पनि आफूहरु हवाई टिकट नपाई नेपालगञ्जबाट आएका हौँ भनी झुट बोल्दै हुम्ला पुगेका खार्पुनाथ गाउँपालिका–१ पिउसका एक र सोही पालिका कारङ्गगाउँका एक जनालाई पनि होम क्वारेन्टाइनमा राखिएको हो ।
उनीहरु भारतबाट भागेर आएको प्रहरीले थाहा पाउनेबित्तिकै याङ्चु प्रहरीको टोली गएर होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । यसरी भारतबाट भागेर आएकाहरु गाउँ पुग्दा स्थानीयवासी त्रसित हुन पुगेको यहाँका स्थानीयवासीले बताएका छन् ।
गाउँपालिकामा भारत तथा नेपालका विभिन्न शहरबाट आउनेको लगत सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिएका छन् । जिल्लाका सातवटै गाउँपालिकाका सम्पूर्ण पालिका प्रमुख, वडा प्रमुख र वडा सदस्यलाई आफ्नो गाउँठाउँमा आफू परिचालित भई लकडाउनको पूर्ण पालना गराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार