राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रबाट उपचार गरि घर फर्केकी गर्भवतीको मृत्यु
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १८:३६:४८
१४ चैत, तनहुँ । पेट दुखेर उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा गएकी भिमाद नगरपालिका–९ की ३४वर्षीया थमनकुमारी आलेको मृत्यु भएको छ । बिहीबार साँझ अस्पताल पुगेकी आलेलाई ग्याष्ट्रिक भएको भन्दै सुई लगाएर फर्काइएको थियो ।
तीन महिनाकी गर्भवती आलेको घर फर्केलगत्तै राति पुनः स्वास्थ्यमा समस्या आएपछि पोखरा लैजादै गर्दा बाटामा नै मृत्यु भएको हो । अस्पतालको चरम लापरवाही भएका कारण महिलाको ज्यान गएको भिमाद नगरपालिका ९ का वडाध्यक्ष इमानबहादुर थापाले आरोप लगाएका छन् । महिला नाताले वडाध्यक्ष थापाकी भाइबुहारी हुन् ।
देशमा लकडाउनको समय भएकाले अहिले कुनै विरोध नगरी सहज परिस्थ्तिि भएपछि यस्ता घटना आउँदा दिनमा नदोहोरियोस् भनी अस्पताल प्रशासनमा छलफल गर्ने गरी शव दाहसंस्कारका लागि तयारी गरिएको वडाध्यक्ष थापाले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार