चापाकोट नगरपालिकामा ७० जना होम क्वारेन्टाइनमा, मजदुरको लागि राहत वितरण हुने
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २०:३८:४६
१४ चैत्र, स्याङ्जा । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को उच्च सतर्कताका लागि बिदेश बाट आएको १४ दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने सरकारले गरेको आह्वान स्वरुप स्याङ्जाको चापाकोट नगरपालिकामा ७० जना होम क्वारेन्टाइनमा राखिएको मेयर शिवकुमार गिरिले जानकारी दिए ।
भारत दुबई कतार लगायतका ठाउँबाट आएका ब्यक्तिहरुलाई होम क्वारेन्टाइनमा राखिएको मेयर गिरिले बताए । अहिलेसम्म भाइरसको कुनै लक्षण नदेखिएको भएपनी सामान्य रुघाखोकी लाग्नेहरु भने नगरपालिकामा रहेको उनले जानकारी दिए । ”हामीले पालिकामा क्वारेन्टाइन र आइसोलेसन वाडको ब्यबस्था गरेका छौ । तर अहिलेसम्म कोरोनाको लक्षण भएको बिरामी फेला नपरेको हुँदा अहिलेसम्म बिदेश बाट आएका सबैलाई नगरपालिकाको सम्पर्कमा होम क्वारेन्टाइनमा राखेका छौं ” उनले भने ।
अहिलेसम्म सबै अवस्था सामान्य रहेको हुँदा नगरवासी हतोत्साहित नहुन तर सबैलाई सजक रहन गिरिको आग्रह छ । सरकारले गरेको लकडाउनलाई नगरवासीले पुर्णरुपमा पालन गरेको भन्दै दैनिकी मजदुर गरेर जिविकोपार्जन गर्नेहरुमा लकडाउनले ठूलो असरपारेको हुँदा त्यास्ता मजदुरहरुको लागि नगरपालिकाले छुट्टै राहत प्याकेज ल्याउ लागेको उनले जानकारी दिए । ”हामी बैठक बस्न पाएका छैनौं बैठक बसे लगत्तै दैनिकी गुजारा चलाउन अप्ठ्यारो भएकाहरुका लागि राहत प्याकेज ल्याउने छौ” उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार