नगरपालिका प्रत्येक वडामा राहतस्वरुप पाँच लाखको खाद्यान्न उपलब्ध गराउँदै
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २०:५२:५१
१४ चैत सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराउने भएको छ । वीरेन्द्रनगर नगरकार्यपालिकाको आज बसेको आकस्मिक बैठकले लकडाउनको अवधि १८ गतेपछि लम्बिएमा दिनभरि मजदूर गरेर दुई छाक जोहो गर्ने परिवारको पहिचान गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले राहत वितरणका लागि प्रतिवडा पाँच लाखका दरले खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ ।
कोभिड–१९ का कारण भएको लकडाउनको प्रभावलाई दृष्टिगत गरी नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको हो । दिनभरि काम गरेर दुई छाक जोहो गर्ने विपन्न परिवारको समस्यालाई दृष्टिगत गर्दै बन्द नखुलेसम्मका लागि राहत उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिएका छन् ।
‘लकडाउन’ को अवधि चैत १८ गतेपश्चात् पनि थप भएको अवस्थामा बन्दका कारणले साँझ–बिहान खान नपाउने किसिमका परिवारको पहिचान गरी राहत उपलब्ध गराउने निर्णय गरेका छौँ”, उपप्रमुख ढकालले भने, “त्यस्ता परिवारलाई बन्द नखुल्ने अवधिसम्मका लागि राहत उपलब्ध गराइनेछ ।”
त्यसैगरी बन्दका कारण साँझ–बिहानको न्यूनतम खाद्य सामग्री खरिद गर्न घरबाहिर जान नसक्ने अवस्था भएमा वडावासीलाई घरबाटै खाद्य सामग्री खरिद गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाउने तयारीमा रहेको ढकालले बताएका छन् । गर्मीयाम बढ्दै गरेको र सङ्क्रमण फैलन सक्ने अवस्थालाई दृष्टिगत गरी नगरपालिकाअन्तर्गतका जनसम्पर्क बढी हुने टोल, कार्यालय, स्वास्थ्य संस्था, अस्पताल, क्लिनिक र मुख्य बजार चोकमा नगरपालिकाको दमकलमार्फत ‘क्लोरिन’ छर्कने निर्णय भएको ढकालले बताएका छन् ।
बैठकले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीका लागि नगरपालिकाले अन्य निकायसँग समन्वय गरी तथा विपद् व्यवस्थापन कोषबाट खर्च हुने गरी व्यक्तिगत सुरक्षा सामग्रीका साथै न्यूनतम औषधिहरु खरिद गरी उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका सूचना अधिकारी दीपेन सुवेदीले बताएका छन् ।
“हालसम्म जिल्लाबाहिरबाट आएर घरपरिवार तथा होटलमा बसिरहेका व्यक्तिहरुलाई सोही स्थानमा निगरानीका साथ बस्ने गरी व्यवस्था मिलाइनेछ”, उनले भने, “सरकारी विद्यालय, सामुदायिक भवन तथा विभिन्न सङ्घसंस्थासँग समन्वय गरी प्रत्यक्ष निगरानी (क्वारेन्टाइन) मा बस्ने व्यवस्था मिलाउने र यसो गर्दा करीब एक सय श्ययाका लागि आवश्यक पर्ने न्यूनतम सामग्री नगर कार्यपालिकाको कार्यालयले विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी व्यवस्था मिलाउने निर्णय भएको छ ।”
नगर क्षेत्रका सम्पूर्ण जनप्रतिनिधि, कोरोना सङ्क्रमण विरुद्धको समन्वय समितिका पदाधिकारी र विपद् व्यवस्थापनमा संलग्न हुने पदाधिकारीलाई चौबिसै घण्टा सम्पर्क समन्वयमा रही सम्भावित जोखिम न्यूनीकरणमा सहभागी हुने निर्णय गरिएको सूचना अधिकारी सुवेदीले बताएका टन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार