स्वास्थ्य मन्त्रालयले कर्णाली प्रदेशमा पठायो मेडिकल सामग्री
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २०:५७:४२
१४ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली प्रदेशका लागि अत्यावश्यक विभिन्न मेडिकल सामग्री पठाएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी मन्त्रालयले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि ती सामग्री पठाएको हो । कोरोना भाइरस सङ्क्रमणमा पूर्व सावधानी, स्वास्थ्य परीक्षण, परीक्षणमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मन्त्रालयले सर्जिकल मास्क, स्यानिटाइजर, हेन्ड मास्कलगायतका व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतका स्वकीय सचिव तपेन्द्र बिसीका अनुसार सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयलाई प्रदेशभरिका लागि सर्जिकल मास्क ३० हजार थान, भिटिएम ४० थान, स्प्रे पम्प पाँच थान, कोरोना भाइरस टेस्ट पाँच पिस, हातेपुस्तिका, ल्याब टेस्ट २० वटा, पिपिई ५० सेट, आइसाइट ५०, स्यानिटाइजर ३० वटा, ह्यान्डमास्क ५० वटा हस्तान्तरण गरिएको छ ।
त्यस्तै, मन्त्रालयले पठाएको सर्जिकल मास्क, स्यानिटाइजर पश्चिम सुर्खेतका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई वितरण गरिएको छ । राज्यमन्त्रीका स्वकीय सचिव बिसीले गाउँ तथा नगरपालिकाका सम्बन्धित स्वास्थ्य शाखा प्रमुखलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो । कर्णाली प्रदेशका लागि एक ट्रक स्वास्थ्य सामग्री पठाउन मन्त्रालयले ढुवानीको तयारी गरिरहेको उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार