अब विद्युत् खरिद सम्झौता गरेका कम्पनीले प्राधिकरणलाई हर्जाना बुझाउनु नपर्ने
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २१:३०:८
१४ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी विद्युत् खरिद बिक्री सम्झौताअनुसार बिल भुक्तानी गर्न असमर्थ रहेको जनाएको छ । महामारीका कारण विद्युत् खरिद बिक्री सम्झौतामा उल्लेख भएको काबु बाहिरको परिस्थिति उत्पन्न भएकाले सञ्चालनमा रहेका निजी क्षेत्रका ऊर्जा उद्यमीलाई पछि भुक्तानी गर्ने भएको हो ।
प्राधिकरणले एक सूचनामार्फत काबु बाहिरको परिस्थिति उत्पन्न भएकाले सञ्चालनमा रहेका विद्युत् आयोजनाको मिटर रिडिङ, मासिक बिल भुक्तानी तथा सोसम्बन्धी अन्य कार्य समयमा गर्न नसकिएको जनाएको छ । प्राधिकरणले सूचनामा भनेको छ, “काबु बाहिरको परिस्थितिका कारण दायित्व पूरा गर्न नसकिएको मानिने र क्षतिपूर्ति वा हर्जाना बुझाउनु नपर्ने व्यवस्था आकर्षित हुनेछ । ”
प्राधिकरणले आफूसँग विद्युत् खरिद सम्झौता गरेका सम्पूर्ण प्रवद्र्धक कम्पनीलाई यस अवस्थाको बारेमा जानकारी नै भएको जनाएको छ । प्राधिकरणले यसबाट प्रवद्र्धक कम्पनीलाई पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ । प्राधिकरणले साना तथा ठूला गरी झन्डै १०० आयोजनासँग विद्युत् खरिद सम्झौता गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन महिनापछि धुलिखेलमा खानेपानी वितरण
पुष १६, २०८१ मंगलबार
राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार