ढुक्क हुनुहोस् लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुँदैन
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २२:११:३२
१४ चैत, काठमाडौं । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं. १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन नदिने बताउँदै यसमा आमउभोक्ताले चिन्ता नगर्न आग्रह गरेको छ । अहिले निगममा सात हजार १०० केएल क्षमताको भण्डारणमा इन्धन ९० प्रतिशत अर्थात् छ हजार २५ केएल रहेको प्रमुख साहले जानकारी दिएका छन् ।
“लकडाउनको अवस्थामा आम उपभोक्ताले ग्यासको अभाव होला कि भन्ने चिन्ता स्वाभाविक हो, त्यसैले निगमले ग्यासको आपूर्तिलाई व्यवस्थित तरिकाले वितरण गर्नेछ”, प्रमुख साहले बताएका छन् । बिहीबार १७ थान (ग्यास बोकेको) बुलेट एकीकृत भन्सार जाँच चौकी विराटनगरमा आएर सात वटा हिजै नेपाल आयल निगमको कार्यालयमा आइसकेको छ । बाँकी दश वटा आज आइपुग्ने, त्यसपछि ग्यास कम्पनी कोशी, रिजाल, मारुती, प्रिमा र सुगमलाई वितरण गर्ने तयारीमा रहेको निगमले जनाएको छ ।
लकडाउनलाई ध्यानमा राखेर निगमले भोलिदेखि प्रत्येक सिलिन्डरमा ७।१ केजी ग्यास वितरण गर्ने नियम बनाएको छ । कोशी ग्यास कम्पनीले आजैदेखि ७।१ केजी भएको ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको निगमका प्रमुख साहले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार