कांग्रेसले कर्णालीमा विशेष आर्थिक कार्यक्रम गर्ने माग
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २३:१७:१६
१४ चैत काठमाडौं । कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने वर्गलाई लक्ष्य गरी विशेष आर्थिक कार्यक्रम ल्याउन माग गरेको छ ।
कांग्रेसले आज विज्ञप्ति जारी गर्दै विपन्न तथा दैनिक ज्याला मजदूरीमा निर्भर प्रदेशका बासिन्दालाई तत्काल सम्बोधन गर्नाका साथै कोभिड १९ विरुद्धका प्रतिकार्यलाई तीव्रता दिन माग गरेको छ । लकडाउनका कारण दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र उपलब्धता नभएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।
दलका नेता जीवनबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षामा पनि ध्यान पु¥याउन आवश्यक छ, अत्यावश्यक आवश्यक औषधि, मेडिकल उपकरण र थप जनशक्तिको समयमै उपलब्धताका लागि सङ्घीय सरकारसंँग समन्वय गर्न ढिला गर्नु हुँदैन, स्थानीय तहहरुसंँग मिलेर प्रतिकार्य योजना बनाएर अघि बढ्न सके महामारी रोकथाम प्रभावकारी हुन सक्छ ।”
कर्णाली सरकारले कोभिड १९ को सम्भावित जोखिम रोकथामका लागि गरेको तयारीको प्रशंसा गर्दै कांग्रेसले सङ्घीय राजधानी काठमाडौं र भारतबाट फर्केकाहरुको प्रभावकारी स्वास्थ्य जाँच गर्न जोड दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार