पर्याप्त किट र पीपीई रहेको सरकारकाे दावी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २३:३८:७
![](https://nepalbahas.prixacdn.net/media/albums/korona_GULFbMJcDq.jpg)
१४ चैत्र, काठमाडौं । कोरोना भाइरस परीक्षण गर्ने किट र चिकित्सकले व्यक्तिगत सुरक्षाका लागि लगाउने पीपीईको अभाव नरहेको सरकारले दावी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज गरिएको नियमित पत्रकार सम्मेलनमा सरकारी पदाधिकारीले यस्तो दावी गरेका हुन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न सञ्चारमाध्यममा आएको खबरलाई असत्य सावित गर्ने गरी यस्तो दावी गरेका हुन् । हामीसँग कोरोना परीक्षण गर्न चाहिने किटको अभाव छैन भन्दै उनले पीपीईको पनि मौज्दात रहेको दावी गरे । प्रवक्ता डा. देवकोटाका अनुसार, कोरोना परीक्षण गर्न राजधानीमा नै ६ वटा हब अस्पताल तोकेका छौं र त्यहाँ आवश्यक किट र पीपीई पठाइएको छ ।
साथै राजधानी बाहिर पनि विभिन्न ७८ वटा अस्पताललाई कोरोना परीक्षणका लागि तयारी अवस्थामा राखेको जानकारी उनले दिएका छन् । पत्रकार सम्मेलनमा उपस्थित भएका स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा.खेम कार्कीले कोरोनाबाट बच्न सकेसम्म भेटघाट नगर्न र गर्नै परे अंग्रेजी अक्षरको एल आकारमा बसेर मात्र गर्न सुझाव दिए । एल आकारमा बसेर कुरा गर्दा संक्रमण फैलने सम्भावना न्यून हुने पनि उनले बताएका छन् ।
कोरोना फैलने सबैभन्दा सजिलो माध्यम भनेको थुक हो भन्दै उनले एल आकारमा बसेर कुरा गर्दा थुकको छिटा पर्ने सम्भावना कम हुन्छ – डा. कार्कीले भने । साथै उपभोग्य सामग्री लिन पटक पटक जानुको सट्टा एकैपटक गए राम्रो हुने सल्लाह दिंदै डा. कार्कीले भने– यसरी सामान किन्दा कम्तिमा एक मिटरको दूरी कायम गर्नुपर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार