संक्रमित युवाको रोदन तातोपानी खै ?
नेपालबहस संवाददाता
चैत १५, २०७६ शनिबार २२:३८:४९
सरकारको गैरजिम्मेवार चरित्र र व्यवहार प्रष्ट:- डा. लोचन कार्की
१५ चैत्र, काठमाडौं । कोरोनाको संक्रमण पुष्टी भएपछि आइसोलेसनमा राखिएका धनगढीका युवकको पीडा यतिबेला सञ्चारमाध्यममा भाइरल भएको छ । दुबईबाट चैत १० गते आएका ती युवामा कोरोना भाइरसको संक्रमण भएको हिजै मात्र पुष्टी भएको थियो । लगत्तै उनलाई सेती अञ्चल अस्पताल धनगढीको एउटा आइसोलेसन वार्डमा सारियो । तर उनको स्वास्थ्य अवस्थाबारे न त चिकित्सकले जानकारी लिन चाहे, न परिवारका सदस्य नै आउन पाएका छन् ।
शवगृह नजिकै राखिएको भन्दै उनले गुनासो गरेका छन्– न त खाना दिइएको छ, न औषधि नै चलाइएको छ ।हिजोसम्म त उनका परिवारले नै खाना र तातोपानी ल्याई दिन्थे । तर उनमा कोरोना भाइरस संक्रमण पुष्टी भएलगत्तै परिवारका सदस्यलाई स्थानीय टुँडिखेलमा बनाइएको क्वारेण्टाइनमा राखिएको छ । अब त मलाई चाहिने खाना र आवश्यक औषधि कस्ले दिने हो थाहा छैन ? सामाजिक सञ्जालमार्फत उनले गुनासो गरेको निकट व्यक्तिले सुनाएका छन् ।
उता, सरकार भने कोरोना भाइरस संक्रमितको सम्पूर्ण खर्च बेहोरिने दावी गर्दै आएको छ । तर संक्रमितको रोदन चाहिं यस्तो देखिन्छ । यो परिस्थिति आउनुका पछाडि सरकारको गैरजिम्मेवार चरित्र र व्यवहार मुख्यकारण भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले बताए ।
सरकारले जथाभावी घोषणा गरेर हुने कुरै होइन भन्दै अध्यक्ष डा.कार्कीले भने– जबसम्म चिकित्सक आफैं सुरक्षित हुने अवस्था निर्माण हुँदैन, तबसम्म ज्यान जोखिममा राखेर उपचार गर्ने कुरै भएन । दुई महिना अगाडि पहिलो केश पुष्टी भईसकेपछि नै सरकार सजग हुनुपर्नेमा लापरवाही गरेकाले यस्तो अवस्था आएको उनले बताए ।
हुनपनि सरकारले उपचारमा संलग्न रहने चिकित्सकका लागि अनिवार्य मानिएको पीपीई लगायतका सुरक्षा सामाग्रीको भरपर्दाे आपूर्ति अझै गर्न सकेको छैन । आज मात्रै आवश्यक सामग्री लिन सरकारले चीनको गोन्जाओ उडान गरेको छ । जबकि परीक्षण गर्ने किट र पीपीई तत्कालै चाहिन्छ भन्ने ज्ञान सबैमा हुनैपथ्र्याे । सरकारको लापरवाही वा गैरजिम्मेवार चरित्र नै आजको समस्याको मूलकारण हो भन्नेमा अब द्विविधा रहेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार