एक सेट पीपीईको मूल्य आठ हजार ५००, हस्तान्तरणमा निजी क्षेत्र अग्रसर
नेपालबहस संवाददाता
चैत १५, २०७६ शनिबार २२:४२:९
१५ चैत्र, काठमाडौं । कोरोना भाइरस परीक्षण गर्न चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण ‘पीपीई’ को अभाव भइरहँदा व्यक्तिगत स्तरबाट सरकारलाई सहयोग हुन थालेको छ । इन्ट्रिग्रेटेड गु्प नेपालका कार्यकारी अध्यक्ष, सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका व्यवसायी भरत पराजुलीले आज स्वास्थ्य मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइलाई ४० सेट पीपीई हस्तान्तरण गरेका छन ।
हरेक पीपीई सेटमा ‘एन–९५’ मास्क, चस्मा, पञ्जा, हेलमेट, शरीरमा लाउने कपडा, जुत्ता, स्यानिटाइजर, जुत्ता कभरसहित आठ प्रकारका स्वास्थ्य सामग्री रहेका छन् । हस्तान्तरण गरिएका पीपीई सेट विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुरुपका छन् । पराजुलीले सबै सामग्री नेपालकै बजारबाट किनेको जानकारी दिए ।
“एक सेट पीपीईको मूल्य अभिवृद्धिकर ‘भ्याट’ बाहेक रु आठ हजार ५०० प¥यो, उनले भने, “कोरोना उपचारमा संलग्न चिकित्सकको आत्मबल बढोस् भनेर आफूले सकेको सहयोग गरेको हुुँ ।” उनले अरुले पनि यस्ता सेट सहयोग गर्न सके महामारीका बीचमा उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च हुने विश्वास व्यक्त गरे । “यो एउटा नेपाली नागरिकको दायित्व निर्वाह गरेको हुँ”, उनले भने ।
पीपीई सेट बुुझेपछि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले अहिलेको आवश्यकता नै पीपीई भएको बताए । सो सेटले ज्वरो क्लिनिक, आइसोलेसनमा भएका बिरामी हेर्न डक्टर, नर्स र अरु मानिसलाई पनि काम गर्न सजिलो हुने डा पोखरेलको भनाइ छ । पीपीई सेट प्रमुख विशेषज्ञ डा पोखरेल र मन्त्रालयका नीति तथा योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
सनराइज बैंकक सहयोग
यस्तै सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई २५ थान उपलब्ध गराएको छ । कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पीपीई दिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आज वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीलाई २५ थान पीपीई हस्तान्तरण गरे । साथै शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालमा डा सुशील शर्मालाई पनि २५ थान पीपीई हस्तान्तरण गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्ययालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्दै प्रहरी अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।
कार्यक्रमा बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने बताए। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले यस्तो अवस्थामा सनराइज बैंकले सम्पूर्ण देशवासीलाई थोरै थोरै भए पनि मलम लगाउने उद्देश्यले सातै वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण वितरण गर्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार