रगतको कमी हुन नदिन रेडक्रस सोसाइटीद्धारा विशेष तयारी
नेपालबहस संवाददाता
चैत १५, २०७६ शनिबार २२:५३:१९
१५ चतै, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रगतको अभाव हुन नदिन नियमित रक्तदाता (स्वयंसेवी)लाई तम्तयारी रहन भनेको छ । अहिले लकडाउनका कारण रगतको खासै माग नभए पनि रेडक्रसले उपत्यकामा रहेका नियमित रक्तदाता स्वयंसेवीलाई तम्तयारी रहन भनेको हो ।
रेडक्रसमा रगत मौज्दात नभएकाले कमी हुन नदिन विभिन्न रगत समूहका आफ्ना नियमित स्वयंसेवीलाई तयारी अवस्थामा राखेको रेडक्रसका सूचना तथा सञ्चार शाखाका निर्देशक दिव्यराज पौडेलले जानकारी दिएका छन् । “हाम्रा धेरैजसो नियमित रक्तदाता भनेका विद्यार्थी हुन् । उनीहरु अहिले घर गएका छन्”, उनले भने, “कुनै रगतको समस्या नहोस् भनेर अहिले उपत्यकामा रहेका रक्तदातालाई सम्पर्क गरेर तयारी अवस्थामा बस्न भनेको छौ ।” रक्तसञ्चार सेवा केन्द्रसँग अहिले २५ हजार नियमित रक्तदाता रहेका छन् ।
लकडाउनका कारण अहिले विभिन्न सङ्घसंस्थाले गर्दै आएको रगत सङ्कलनसमेत रोकिएको छ । रेडक्रसमा दैनिक २०० देखि ३०० युनिट रगत सङ्कलन गरेर मौज्दात हुने गरेको थियो तर अहिले लकडाउनका कारण २० युनिट मात्रमा रहेको छ । उहाँका अनुसार चैत ११ गते २४ युनिट, १२ गते १२ युनिट, १३ गते २० युनिट र १४ गते ४१ युनिट सङ्कलन र चैत ११ गते ६२ युनिट १२ गते ४३ युनिट, १३ गते ५३ युनिट र १४ गते ५९ युनिट वितरण गरिएको छ ।
यसैगरी शुक्रबार भक्तपुरमा ३० युनिट सङ्कलन भएकामा ३० युनिट वितरण र ललितपुरमा ११ युनिट सङ्कलन भएकामा १४ युनिट वितरण गरिएको छ । रेडक्रसले प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बालअस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान अस्पताललगायत ठूला अस्पतालमा रक्तसञ्चार एकाइ रहेकाले आफैँ बिरामीलाई चाहिँ रगत बिरामीका आफन्तबाट लिइरहेको छ ।
सञ्चार शाखाका निर्देशक पौडेलले बिरामीलाई आफ्नो रगत समूह मिल्ने आफन्तलाई समेत सम्पर्कमा राख्न अनुरोध गरिएको जानकारी दिएका छन् । “सकभर बिरामीलाई आफ्नो रगत समूह कोसँग मिल्छ भनेर आफैँ रक्तदाता खोज्न भनेका छौँ”, उनले भने, “जसले गर्दा रगत अभाव हुँदैन । अहिले सट्टामा नै रगत दिनेलिने गरेका छौँ ।” अहिले नयाँ बिरामी अस्पतालले भर्ना नदिएपछि सुत्केरी, सानो बच्चा र अस्पतालमा भर्ना भएका दीर्घरोगीलाई मात्र रगत खपत भइरहेको छ ।
केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकारले दैनिक रगत अभाव हुन नदिनका लागि ठाउँठाउँमा मोबाइल टोलीले गएर रगत सङ्कलनसमेत गरिरहेको जानकारी दिएका छन् । उनले रगतको माग धेरै नभएकाले रगत सङ्कलन पनि समूह क्लबले बोलाएको अवस्थामा मात्र गरिएको बताएका छन् । “टोलटोलबाट युवा क्लब, समूहले बोलाएको बेला गाडीले लिएर सोही ठाउँमा गएर रगत सङ्कलन गरिरहेको छौँ”, उनले भने, “हिजोमात्र करीब ४० युनिट रगत सङ्कलन भयो ।”
कोही रक्तदाता आफै नै रक्तसञ्चार सेवा केन्द्रमा पुगी रगत दिने गरेका छन् । उनका अनुसार हिजो केन्द्रमा आएर १७ जनाले रगत दिएका थिए र आज पनि लगनखेलतिर गएर रगत सङ्कलन गरिने जानकारी दिए । सञ्चार सेवाले कोभिड–१९ को सङ्क्रमण नहोस् भनेर रक्तदाता सबै परीक्षण गरेर मात्र रगत सङ्कलन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार