महानगरपालिकाद्धारा पाँच विपन्न परिवारलाई खाद्यान्न वितरण
नेपालबहस संवाददाता
चैत १५, २०७६ आइतबार ०:५२:२
१५ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ एकलटारमा बस्दै आएका पाँच विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । न्यूरोडमा व्यवसाय गर्दै आउनुभएका विवेक शर्माले आज नागार्जुन एकलटार पुगेर खानाको अभावमा बसेका पाँच विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।
उहाँले तीन/तीन जनाको पाँच परिवारलाई प्रति परिवार दश किलोग्राम चामल, दुई किलोग्राम दाल, एक किलोग्राम नुन, आधा लिटर तेल, दुई किलोग्राम आलु र एक पाकेट साबुन वितरण गरेका छन् । शर्माले ‘मिसन अन्नपूर्ण’ भन्ने अभियानमार्फत उनीहरुलाई सहयोग गरेका छन् । “खानाको अभावले कोहीपनि नेपाली भोकभोकै नमरोस् भन्ने उदेश्यले अभियान सञ्चालन गरेको हुँ”, उनले भने ।
उनले काठमाडौँ, भक्तपुर र ललितपुरमा बस्ने जोकोही खानाको अभाव भए फोन गर्न आग्रह समेत गरेका छन् । विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को नेपालमा सम्भावित सङ्क्रमणका कारण सरकारले चैत ११ गते बिहानदेखि १८ सम्म ‘लकडाउन’ गरेपछि दैनिक मजदूरी गरेर पेट पाल्दै आएका विपन्न परिवारलाई खानाको अभाव हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार