दक्षिणकाली नाका हुँदै दैनिक १५० मानिस पैदलै उपत्यकाबाट बाहिरिँदै

नेपालबहस संवाददाता
चैत १५, २०७६ शनिबार २३:२९:१

१५ चैत, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि दक्षिणकाली नाका हुँदै दैनिक १५० भन्दा बढी मानिस पैदलै राजधानीबाट बाहिरिन थालेका छन् । लकडाउन भए पनि दैनिक धेरै मानिस दक्षिणकाली नगरपालिकाको मार्ग भएर बाहिरिन थालेपछि ठाउँठाउँमा साबुन पानीको व्यवस्था गरी हात धोएर मात्र यात्रा गर्न आह्वान गरिएको नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले राससलाई जानकारी दिएका छन् । यसरी बाहिरिनेमा तराई मूलका धेरै मानिस छन् ।
नगरवासीलाई घरमै बसी बाहिर ननिस्कन पर्चा वितरण गरिएको छ । नगरपालिकाले दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्नेको सूची तयार पार्न वडा कार्यालयलाई पत्राचार गरेको जानकारी पनि उनले दिएका छन् । सूची तयार भएपछि वडाकै खाद्यान्न पसलबाट खाद्य सामग्री दिने तयारी नगरपालिकाले गरेको छ ।
नगरवासीको अनुरोधमा नगरपालिकाले हालै विदेशबाट फर्किएका ११ जनाको ज्वरोलगायत स्वास्थ्य जाँच गरेको छ । कतार, भारत, दुबई, श्रीलङ्का, जापानलगायत देशबाट फर्किएकाको स्वास्थ्य जाँच गरिँदा हाल ठिक भए पनि १४ दिनसम्म एकान्तबासमा रहन अनुरोध गरिएको उपप्रमुख तामाङले बताएका छन् ।
नगरपालिकाले चलाएको गार्मेन्टबाट उत्पादन भएको मास्क सबै वडाका ज्येष्ठ नागरिक, एकल महिला, मधुमेह, रक्तचापलगायत रोग लागि उच्च जोखिममा रहेकालाई वितरणका लागि वडा वडामा पठाएको छ । नगरपालिकाको वडा नं १ चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा ज्वरो आई कोरोनाको शङ्का लागेका बिरामीलाई राख्न १० शय्या तयार पार्न लागिएको जनाइएको छ ।
लकडाउनका कारण अत्यावश्यक ग्यास, खाद्यान्नलगायतको अभाव हुनसक्ने भएकाले नगरपालिकाको अनुगमन समितिले नियमितरूपमा प्रहरीको सहयोग लिएर अनुगमनसमेत गरिरहेको छ । खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरिद गर्न पसल जाँदा सुरक्षित हुने गरी दुई मानिसका बीच दूरी कायम गर्न पनि नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार