नुवाकोटका जनतालाई कुनै समस्या परे यहाँ सम्पर्क गर्नुस् : कांग्रेस सभापति केसी
नेपालबहस संवाददाता
चैत १५, २०७६ आइतबार ०:१९:२
१५ चैत्र, विदूर । नेपाली कांग्रेस नुवाकोटका सभापतिसमेत रहेका चर्चित युवा नेता जगदीश्वर नरसिंह केसी अहिलेको विषम परिस्थितिलाई गम्भिरतापूर्वक लिनुपर्ने बताउँछन् । सरकारले गरेको लकडाउनबाट सिर्जित असहज परिस्थितिलाई यातना वा स्वतन्त्रता हननको रुपमा नलिई जीवनरक्षाका लागि आवश्यक औषधिका रुपमा ग्रहण गर्न आवश्यक रहेको उनले बताएका छन् ।
खासगरी नुवाकोटका जनतासँग यो परिस्थितिलाई गम्भिरतापूर्वक लिन आग्रह गर्दै नेता केसीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानीपूर्वक अगाडि बढ्न आग्रह गरेका छन् । देश लकडाउनमा रहेका बेला धेरै मानिस शहरबाट गाउँतिर आएका छन्, भीडभाड अझै बढेको देखिन्छ भन्दै नेता केसीले अहिले भेटघाट र भलाकुसारी गर्ने समय नभएको स्पष्ट पारेका छन् ।
गाउँघरमा राँगा खसी काट्ने वा तासजुवा खेल्ने बहानामा हामी ठूलो गल्ती गर्दै छौं – उनले भनेका छन् जमघट गर्ने वा भीड बढाउने काम अहिले बिल्कुलै नगरौं, सेल्फ क्वारेण्टाइनमा बसौं । साथै जिल्लाबासी कसैलाई पनि कोरोना भाइरसको कुनै संक्रमण देखिए तत्कालै अस्पताल जान आह्वान गर्दै नेता केसीले कुनैपनि समस्या परे आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।
साथै अस्पताल जानुपर्ने अवस्था आएमा आवश्यक सवारीसाधनको व्यवस्था गरिएको जानकारी दिंदै उनले विभिन्न गाउँपालिकामा सम्पर्क व्यक्ति तोकिदिएका छन् । जसअनुसार, शिवपुरी गापा अध्यक्ष रामकृष्ण थापा (९८४१६३०२७५), दुप्चेश्वर गापा अध्यक्ष योविन्द्र सिंह तामाङ (९८५१०७१९५३), सूर्यगढी गापा अध्यक्ष सन्तबहादुर तामाङ (९८५११४७४३२) सँग सम्पर्क गर्न सकिने छ ।
यसका साथै, सवारी साधनको समस्या पर्दा पार्टीका स्थानीय नेताहरु वसन्तराज के सी ९८५११४३२२२ र मछिन्द्र प्याकुरेल ९८५१०८६४२९ ले पनि सहयोग गर्ने जानकारी नेता केसीले दिएका छन् । थप समन्वय आवश्यक परे पार्टी कार्यालय सचिव कृष्ण रिजाल ९८४१६९७२६६ सँग सम्पर्क गर्न आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
आईपीएलको इलिमिनेटरमा आज राजस्थान र रोयल च्यालेन्जर्स खेल्दै
जेठ ९, २०८१ बुधबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार