राष्ट्रिय जनावर गाईलाई आहारको प्रबन्ध मिलाउन महासङ्घको माग
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १४:३७:२८
१६ चैत, काठमाडौं । विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिले लकडाउनका बेला पनि राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
महासङ्घले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै तिनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । छिट्टै आहारको व्यवस्था नगरे सांस्कृतिकरूपमा गौमाताका रुपमा पूजिने गाई बचाउन मुस्किल हुने भएकाले सरकारको गम्भीर ध्यानाकर्षण गराइएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
“गौमाताको जीवनरक्षामा सरकार असंवेदशील भई गाई फार्महरुमा दाना तथा खाद्यपदार्थ पु¥याउन अवरोध गरेको विषय कदापि सह्य हुँदैन, कुखुरा फार्ममा दाना पु¥याउन व्यवस्था गरिदिने तर गाई फार्ममा दाना पु¥याउन बाधा दिने सरकारको रवैया तत्काल सच्चिनुपर्दछ”, उनले भने । गाई फार्मका सञ्चालकसँग समन्वय गरी तत्काल आहार जुटाउने प्रबन्ध गरी गाईको प्राण रक्षा गर्न महासङ्घले जोडदार माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार