मजदूर तथा व्यवसायीमा सङ्क्रमणलाई लिएर नआत्तिन तर सतर्क रहन आग्रह
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १४:४८:२५
१६ चैत, रुपन्देही । यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन आफू मातहतका मजदूर तथा व्यवसायी एवं आम नागरिकमा अपिल गरेको छ । सरकारले कोरोनाको जोखिम नियन्त्रणका लागि लकडाउन गरेको अवस्थामा घरभित्रै बस्न र सामाजिक दूरी बढाउन पनि कोषले आग्रह गरेको छ ।
कोषका अध्यक्ष दिनेश फुल्लेलले शनिबार विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा महामारीजन्य प्रकोपको नियन्त्रण सबैको साझा दायित्व भएकाले सरकारले चालेका हरेक कदममा साथ र समर्थन रहने उल्लेख गरिएको छ ।
विश्वव्यापीरूपमा बढ्दै गएको कोरोनाको सङ्क्रमणलाई लिएर नआत्तिन तर सतर्क रहन विज्ञप्तिमा आग्रह गरिएको छ । साथै विज्ञप्तिमा लकडाउनका बेला दैनिक ज्याला मजदूरी गर्नेहरु बढी समस्यामा परेकाले उनीहरुका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले राहत उपलव्ध गराउनुपर्ने माग पनि गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार