चीनबाट स्वास्थ्य सामग्री लिएर आयो विमान
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १५:२५:३९
१६ चैत्र, काठमाडौं । कोरोना भाइरसविरुद्ध आवश्यक स्वास्थ्य सामग्री लिन हिजो चीनको गोन्जाओ उडेको नेपाल वायुसेवा निगमको विमान बिहान काठमाडौं फर्किएको छ ।
स्वास्थ्य सामग्रीका साथ बिहान साढे ५ बजे उक्त विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हवाई उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा कोरोना परीक्षण किट, चिकित्सकको सुरक्षा सामग्री पीपीई लगायत रहेको स्वास्थ्य मन्त्रालयका पदाधिकारीले जनाएका छन् ।
जहाजमा स्वास्थ्य मन्त्रालयले मगाएका सामान छन्– मन्त्रालयका प्रवक्ता डा.विकासराज देवकोटाले भने । जहाजमा करिब १३ टन स्वास्थ्य सामग्री र अन्य सामान समेत आयात गरिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् ।कोरोना संक्रमण परीक्षण किट, पीपीई लगायत एन ९५ मास्क, गगल्स, गाउन , पञ्जा र ज्वरो नाप्ने थर्माे गनसमेत रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार