गाउँ घरमा लकडाउनको प्रभाव शून्य, वैदेशिक रोजगारीबाट फर्केका निर्वाध घुलमिल
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १५:५७:८
१६ चैत, जाजरकोट । कोरोनाको जोखिम बढेसँगै वैदेशिक रोजगारीबाट घर फर्कनेदेखि अन्य कामले घर बाहिर भएकाहरु धमाधम चोरबाटो फर्कँदा स्वास्थ्य परीक्षण हुन नसकेको पाइएको छ ।
गाउँ–गाउँमा सुरक्षितरूपमा बस्न आग्रह गर्दा पनि कसैले नमानेको स्थानीय सरकारले बताएका छन् । बाटोमा स्वास्थ्य जाँच भइरहेको ठाउँमा सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली खटिएको भए पनि अर्को बाटो प्रयोग गरेर गाउँमा छिर्नेको सङ्ख्या ठूलो रहेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिएका छन् । जिल्लाका सबै पालिकामा यही समस्या देखिएको छ ।
प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मी लगातार गाउँगाउँमा माइकिङ गरिरहेको भए पनि कसैले वास्ता नगरेको उनको भनाइ छ । गाउँहरुले स्थानीय सरकारले प्रवाह गरेको सन्देशभन्दा देवीदेवतालाई बलि दिन देवीदेवताका मन्दिर तथा थानमा पुगेको उनको भनाइ छ । नलगाड नगरपालिकाको एैरारी तीन बोकाको बलि दिइएको छ ।
बारेकोट गाँउपालिका–२ देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठूलो जमात भएकाले कोरोना महामारी गाउँमा आउन नदिन बलि चढाएको वडा नं १ का वडाध्यक्ष द्वारिका बुढाले बताएका छन् । अझै आफ्ना जहान केटाकेटी बचाइदिन माग गर्दै देउतालाई पछि बलि दिने भन्दै धेरैले भाकल गरेको उनले बताएका छन् । जुनिचाँदे गाउँपालिकामा भारत तथा अन्य मुलुकमा आएका स्थानीयवासीको खोजीकार्य जारी रहेको स्थानीय पत्रकार रेशमबहादुर खड्काले बताएका छन् । जुम्लाको सिमानासँग जोडिएको कुशे गाउँपालिकामा जनप्रतिनिधि आफैँ माइकिङ गर्दै गाउँगाउँमा पुगेको पाइएको छ । वडा नं १ का अध्यक्ष गोपाल नेपाली आफैँ गाउँगाउँमा पुगेको बताएका छन् ।
उता नलगाड नगरपालिका वडा नं का शिक्षक बखतबहादुर केसीले आफ्नो वडामा कसैले पनि जनचेतना तथा विदेशबाट आएका व्यक्तिको खोजी नगरेको सामाजिक सञ्जालमा लेखेका छन् । उनले भनेका छन्, “जताततै जनचेतना फैलाएको मिडियामा सुनिन्छ तर हाम्रो गाउँमा अत्तोपत्तो केही छैन त ” जिल्ला सदरमुकामलगायत स्थानीय तहका सदरमुकाममा लकडाउनको प्रभाव परे पनि गाउँमा लकडाउनको प्रभाव शून्य रहेको छ । स्थानीयवासी खुलेआम काममा हिँडिरहेको पाइएको छ ।
भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागि गएकाहरु धमाधम घर फर्किएका छन् । उनीहरु आफूलाई केही नभएको भन्दै निर्वाध घरपरिवार र साथीभाइसँग घुलमिल गरिरहेका छन् ।
सङ्क्रमण भए पनि तत्काल लक्षण नदेखिँदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । अहिलेसम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्याङ्क राखेका छैनन् । ठूलो सङ्ख्यामा भारतबाट मजदुर फर्के पनि केही सीमित सङ्ख्याबाहेक क्वारेन्टाइनमा राखिएको छैन । घरको मूलढोका खनेर कोइला भेटिएको भन्दै तेलमा राखेमा मात्र कोरोनाबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासका कारण सबैले ढोकामा खन्ने गरेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार