राहत र सहयोगका कार्यक्रमहरु वडाध्यक्ष र वडा समितिको नेतृत्वमा मात्रै गरिने
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १६:४१:१७
१६, चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ सङ्क्रमण, नियन्त्रण तथा रोकथामसँगै प्रभावितलाई राहत र सहयोगका कार्यक्रम वडाध्यक्ष र वडा समितिको नेतृत्वमा मात्रै गरिने जनाएको छ ।
शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले आयोजना गरेको भाइरस सङ्क्रमण व्यवस्थापन नियन्त्रण, राहत तथा सहयोगका लागि एकीकृत र समन्वयात्मक योजना विषयक छलफलमा मेयर शाक्यले यस्तो बताएका छन् । सोही अवसरमा शाक्यले शहरमा भएका कोही पनि भोकै नपरुन् भनेर हामीले वडामार्फत बेरोजगारको तथ्याङ्क छिटोभन्दा छिटो ल्याउन पनि निर्देशन गरेका छन् ।
“हामी कसैलाई पनि भोकै हुन दिँदैनौँ”, उनले भने, “कोरोना सङ्क्रमण, रोकथाम, राहत तथा सहयोग वितरणका कार्यक्रम सबै वडाध्यक्ष र वडा समितिको नेतृत्वमा एउटै ढोकाबाट मात्र गर्ने यो नै सबैभन्दा प्रभावकारी उपाय हो ।” महानगरका प्रमुख शाक्यसँगै जिल्लाका प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र सुरक्षा अधिकारीसहितको छलफलमा प्रमुख शाक्यले क्वारेन्टाइनको भौतिक पूर्वाधार महानगरले तयार पार्ने बताउँदै आफूसँग पर्याप्त स्वास्थ्य जनशक्ति नभएकाले सङ्घ सरकारसँग जनशक्ति उपलब्ध गराउन आग्रह पनि गरेका छन् ।
छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोनाको सन्त्रास कम गर्न जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, प्रदेशसभा तथा प्रदेशसभा सदस्यका बीचमा साझा कार्यक्रम आवश्यक पर्ने बताएका छन् । “जिल्ला प्रशासन कार्यालयमा सहयोगका लागि सङ्घसंस्था आएका थिए । हामी उनीहरुलाई वडा कार्यालयसँग समन्वय गराइदिन्छौँ । वडाको एउटै ढोकाबाट यसको वितरण प्रणाली स्थापना गरौँ”, दाहालले भने ।
यसअघि नै कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन कामपाले ३२ वटै वडालाई परिपत्र गरिसकेको छ । परिपत्रमा वडाबाट सम्पादन हुँदै आएको फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न आग्रह गरिएको छ । त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमितरूपमा सञ्चालन गर्ने÷गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यक्रमा प्रहरीसमेतको सहयोग लिई सहजीकरण गर्ने उल्लेख छ ।
त्यसैगरी परिपत्रमा आफ्नो वडाअन्तर्गत दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरबारविहीन मानिसलाई लक्षित गरी कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि वडामा जम्मा भएको रकमबाट खर्च व्यहोर्ने गरी आवश्यक राहत सहयोग उपलब्ध गराउने, वडामा अतिविपन्न र छ महिनादेखि वडा क्षेत्रमा बसोबास गर्दै आएका श्रमिक कामदारको विवरण सङ्कलन गरी कामपा प्रशासन विभागमा बुझाउने पनि उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार