उद्योगी व्यवसायीद्धारा भाइरस नियन्त्रणका लागि दुई/दुई लाख सहयोग
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १६:५४:२६
१६ चैत, झापा । उद्योगी व्यवसायीले कोरोना भाइरसको नियन्त्रणका लागि दुई/दुई लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । व्यवसायीहरुको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घमार्फत झापाका उद्योगी व्यवसायीले जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने भएका हुन् ।
विर्तामोडस्थित अतिथि सदनमा शनिबार भएको सर्वपक्षीय भेलामा विर्तामोड, झापा, मेची र दमक उद्योग वाणिज्य सङ्घले दुई/दुई लाख रुपैयाँ र अन्य वाणिज्य सङघले एकरएक लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन जिल्लास्थित विपद् व्यवस्थापन समितिले रु ५० लाखको कोष खडा गरेको छ । बैठकमा उद्योग तथा व्यवसायीले मजदूर राखेको भए लकडाउनको अवधिभर उनीहरुलाई खान, बस्नको व्यवस्था गर्न आग्रह गरिएको छ । सहकारी सङ्घलाई विपन्न नागरिकलाई आवश्यक खाद्यान्न राहतको तयारी गरी स्थानीय तहसँग समन्व्य गरेर वितरणको व्यवस्था गर्न र विभिन्न सामाजिक सङ्घ संस्थालाई राहत कोषमा सहयोग गर्न आह्वान समेत गरेको छ ।
खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुलाई सहजरूपमा विक्री वितरण र आपूर्तिको व्यवस्था मिलाउन व्यवसायीहरुले पहल गर्ने निर्णय भएको छ । बैठकमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली काङ्ग्रेसका सभापति उद्धव थापा, प्रमुख जिल्ला अधिकारी उदय राना, प्रहरी उपरीक्षक कृष्ण कोइराला, श्रीनयाँ श्रीनाथ गणका गणपति अमरजङ्ग थापा, सशस्त्र प्रहरीका रेशमकुमार थक्सू, रेडक्रस झापाका सभापति लोकराज ढकाललगायतको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार