लकडाउनमा देशैभर एनआईसी एशिया बैंकको ग्राहक सहायता केन्द्र र सम्पर्क व्यक्ति यस्ता छन् (नाम र फोन न.सहित)
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १७:२७:२०
१६ चैत्र, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लकडाउन परिस्थितिमा ग्राहकहरुलाई पर्न गएको असुविधा तथा समस्याहरुलाई मध्यनजर गर्दै यस्ता समस्या तथा गुनासाको समाधान फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ ।
यस ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ्ग समस्या तथा गुनासोको यथासिघ्र समाधान पाउने बैंकले जनाएको छ ।
जस्तै, प्रदेश १ मा रहेका ग्राहकले यस बैंकको प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९८५२०४८८११ नम्बरमा सोझै फोन गरेर आफ्नो बैंकिङ्ग समस्या बताई समाधानको उपाय प्राप्त गर्न सकिनेछ । यसैगरी विराटनगरसहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई पनि त्यस क्षेत्रका ग्राहकले फोन गरि बैंकिङ्ग समस्या समाधान गर्न सक्नेछन् ।
यसैगरी सातै प्रदेशमा स्थापना भएका ‘ग्राहक सहायता केन्द्र’ मार्फत ग्राहकले आफ्नो बैंकिङ्ग समस्याको समाधान गर्न सक्नेछन् । जसका लागि बैंकले देहाएका ग्राहक सहायता केन्द्रहरु स्थापना गरेको बैंकले जनाएको छः
यसका साथै ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनैपनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकका नायव प्रमुख सुचना अधिकृत अर्जुनराज खनियाले जानकारी दिएका छन् ।
यस कठिन परिस्थितिमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तरबैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ । उक्त सेवाहरुका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ ।
ग्राहकहरूले कुनै सेवा लिएवापत तथा सामान खरिद गर्दा QR सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एनआईसी एशिया बैंकको एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डवाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको नायव प्रमुख सुचना अधिकृत खनियाले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार