प्रदेश नं २ को सरकारले गरिब र मजदुरलाई भोजनको व्यवस्था गर्ने
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार २१:५२:३६
१६ चैत, काठमाडौं । प्रदेश नं २ सरकारले ‘लकडाउन’ अवधिभर प्रदेशभरिका गरिब र तथा दैनिक ज्यालादारीमा खट्ने मजदुरलाई भोजनको व्यवस्था गर्ने भएको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले लकडाउनका कारणसमस्यामा परेका गरिब र मजदूरको जीवन रक्षाका लागि प्रदेश सरकारका तर्फबाट भोजनको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।
यसको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरेर तत्कालका लागि महानगरलाई रु २५ लाख, उपमहानगरलाई रु २० लाख, नगरपालिकालाई रु १५ लाख र गाउँपालिकालाई रु १० लाखको दरले रकम पठाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
यसका साथै स्थानीय तहलाई समेत सोही अनुपातमा रकम राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं मन्त्री यादवले बताएका छन् । सो कार्यका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्था सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइने छ । कोभिड–१९ को उपचारमा खटिने चिकित्सकको जीवन बीमाका साथै शतप्रतिशत प्रोत्साहन भत्तासमेत दिइने निर्णय भएको छ ।
सर्वदलीय बैठक
सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र आगामी दिनमा लिइने नीतिबारे जानकारी गराउन सर्वदलीय बैठक बसेको थियो । सर्वदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेशका मन्त्री, काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेपाल कम्युष्टि पार्टी (नेकपा)का नेता शत्रुधन महतो, किशोरी साह कमल र विभिन्न मन्त्रालयका सचिवसमेतको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार