बिरुवा गाउँपालिका २७ जना होम क्वारेन्टाइनमा, स्वास्थ्यकर्मीको लागि पीपीई अभाव
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार २३:९:४३
१६ चैत, स्याङ्जा । स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिकामा विभिन्न देशबाट आएका २७ जना होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष चुनप्रसाद पोख्रेलले जानकारी दिए ।
बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को उच्च सतर्कताका लागि बिदेशबाट आएकाे १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले गरेको आह्वान स्वरुप उनीहरुलाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष पोख्रेलले बताए ।
आठवटा वडा रहेको पालिकामा सबै वडामा क्वारेन्टाइनको ब्यबस्था मिलाइएको पनि उनले जानकारी दिए । सबै वडामा क्वारेन्टाइनको ब्यबस्था गरेको भएपनि अहिलेसम्म सबै होम क्वारेन्टाइनमा बसेको उनले बताए । अहिलेसम्म सबैको अवस्था सामान्य रहेको हुँदा आठ वडामा स्थापना गरिएको ४४ वटा क्वारेन्टाइनमा कसैलाई राख्ने अवस्था सिर्जना नभएको उनको भनाई छ । होम क्वारेन्टाइनमा रहेकाहरुलाई घरघरमा गएर सम्झाउने, माइकिङ गर्ने लगायतका काम गरिरहेको हुँदा बिदेशवाट आएर होम क्वारेन्टाइनमा बसेकाहरुलाई स्वास्थ्य परामर्श गर्न गाउँगाउँ हिडेका स्वास्थ्यकर्मीलाई पीपीईको अभाव हुँदा स्वास्थ्य क्षेत्रमा खटिन कठिनाई भएको अध्यक्ष पोख्रेलले गुनासो गरे ।
गाउँपालिकामा अहिलेसम्म कसैलाई कोरोनाको लक्षण नदेखिएको हुँदा त्रसित नहुन तर सजकता अपनाउन र बिदेशबाट आएका सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न पालिकाबासी सबैलाई उनले आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार