कोभिड—१९ धादिङबेसीमा किटनाशक औषधी छर्कियो
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार २२:२४:०
१६ चैत, धादिङ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न धादिङको सदरमुकाम धादिङबेसीमा किटनाशक औषधी छर्किएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङबेसीको बजार क्षेत्रमा किटनाशक औषधी छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
धादिङबेसी पुछारबजारबाट औषधी छर्कन शुरु गरेको हो । कोरोना भाइरसको सङ्क्रमणलाई नगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना बताएका छन् ।
अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग उहाँले आग्रह समेत गरेका छन् । जारी लक डाउनको पूर्ण पालना गर्न र कुनै पनि बहानामा अवज्ञा नगर्न प्रमुख ढुङ्गानाले नगरवासीसँग विशेष आग्रह गरेका छन् । सोडियम हाइड्रोक्लोरेडलाई पानीमा मिसाएर छर्किएकाले यसले लामखुट्टे लगायतका किटाणु मर्ने र रोगको सङ्क्रमण हुन नदिने नगरपालिकाको स्वास्थ्य संयोजक विष्णु रिजालले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार