पाटन अस्पतालले एक सातामै उत्पादन गर्याे १०० पीपीई
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार २३:२:७
१६ चैत, काठमाडौं । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण बढेसँगै नेपालले विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको छ । सीमित स्रोत साधनका बीच पनि सङ्कट समाधानका लागि पहल गरिरहेको छ । कोभिड–१९ को राेकथाम र नियन्त्रणका लागि स्वाथ्यकर्मीलाई आवश्यक सामग्री व्यवस्थापनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय जोहो गरिरहेको छ ।
आज मात्रै चीन सरकारको सहयोगमा १३ हजार केजी मेडिकल सामग्री ल्याइएको छ । चीनको सीमा नाकाबाट पनि औषधिमूलक सामग्री काठमाडौँ आइपुग्ने क्रममा छ । यसरी बाहिरी जोहोसँगै आन्तरिकरूपमा अत्यावश्यक सामग्री व्यवस्थापन भइरहेको छ ।
पाटन अस्पतालले यहाँ कार्यरत चिकित्सकको सुरक्षाका लागि गत सातादेखि आफैँले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) बनाउन थालेकामा अहिलेसम्म झण्डै १०० थान कपडा तयारी गरिसकेको छ । तीमध्ये धेरै प्रयोगसमेत भईरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अहिले काठमाडौँ उपत्यकादेखि उपत्यका बाहिरका अस्पतालमा समेत आवश्यक सामग्रीको अभाव रहेको छ । कोभिड–१९ को सङ्क्रमण नेपालभित्र देखिन थालेसँगै निजी अस्पतालले रुघाखोकी लागेका बिरामीलाई समेत उपचार नगरेको गुनासो आइरहँदा यस अस्पतालले भने उपचारका लागि आवश्यक श्ययाको तयारीसँगै आवश्यक सामग्री उत्पादनसमेत शुरु गरेको हो ।
नेपालमा अहिलेसम्म पाँच बिरामीलाई रोग सङ्क्रमण पुष्टि हुँदा विभिन्न अस्पतालमा यी सामग्रीको अभाव भइरहेको छ । त्यो अभावको अवस्था आउन नदिन अस्पतालले भने आफैँ निर्माण शुरु गरेको हो । चीनमा रोगको सङ्क्रमण देखिएपछि नै यहाँ पीपीई बनाउने योजना बनाइएको अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बताएका छन् ।
चीनमा देखिएसँगै अस्पतालले भोलि नेपालमा पनि सङ्क्रमण देखिन सक्छ भन्ने सोचेर तयारी शुरु गरेका थियाै । उनले भने, “नेपालमा नै सङ्क्रमित बिरामी देखिएपछि बनाउन शुरु गरिए पनि यसको तयारी पहिले नै गरिएको थियो ।”
अस्पतालले अहिले यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई नै आवश्यक भएकाले पीपीई बनाउन शुरु गरिएको हो । यस अस्पतालमा अहिले पनि आइसोलेसनमा बिरामी भएकाले तिनलाई उपचारमा संलग्न चिकित्सकले पीपीई प्रयोग गर्दै आएका छन् । अस्पतालमा पीपीई बनाउन थालिएको भनेपछि धेरैले अरु अस्पतालका लागि पनि हो ? अस्पतालले बेच्नका लागि बनाएको हो ? भनी सोध्ने गरेको निर्देशक शर्माले बताएका छन् । भविष्यमा यहाँका बिरामीलाई चाहिनेभन्दा बढी हुँदा अरु अस्पताललाई सहयोग पनि गर्न सकिने उनले बताएका छन् । उनले भने, “अहिलेको उत्पादनको अवस्था हेर्दा अरुलाई दिन सकिने अवस्था भने आइसकेको छैन ।”
अस्पतालले एक साताको अवधिमा अहिलेसम्म १०० पीपीई निर्माण गरेको हो । यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने अस्पतालको योजना छ । आवश्यक पर्ने सामग्रीको पहिले नै जोहो गरिसकेकाे अस्पतालले जनाएको छ ।
यो अस्पताललाई सरकारले कोभिड–१९ को केन्द्र अस्पतालका रूपमा तोकेको छ । अस्पतालले सङ्क्रमित व्यक्तिलाई उसको अवस्थाअनुसार उपचारका लागि तयारी गरेको छ । रुघाखोकी र ज्वरोका कुनै पनि बिरामी अस्पताल पुगेपछि उसलाई छुट्टै राख्ने श्यया (आइसोलेसन बेड) को व्यवस्था गरिएको छ । यही श्ययामा बिरामीलाई सङ्क्रमण परीक्षण हुने गरेको निर्देशक शर्माले बताएका छन् । परीक्षणमा पोजेटिभ देखिँदा ती व्यक्तिलाई राख्ने छुट्टै १५ श्यया रहेको छ । बिरामीलाई यी श्ययामा नै उपचार शुरु हुनेछ । यस अस्पतालमा अहिलेसम्म परीक्षण भएका एकजना पनि बिरामीमा सङ्क्रमण देखिएको छैन । उनले भने, “कुनै पनि समयमा सङ्क्रमित बिरामी आउन सक्छ भनी हामीले आवश्यक तयारी गरिरहेका छौँ ।”
अस्पतालमा अहिले २० वटा सघन उपचार कक्ष रहेका छन् । कतिपय श्ययामा अहिले अरु रोगका बिरामी रहेका छन् । अरु रोगका बिरामीलाई व्यवस्थापन गर्दै कक्ष आवश्यक पर्दा कोभिड–१९ का गम्भीर खालका बिरामीलाई उपचार गर्ने तयारी भइरहेको छ । उनले भने, “सघन कक्षको व्यवस्थापन कसरी गर्ने भनी हामी अहिलेदेखि नै तयारी अवस्थामा छौँ ।”
तत्कालका लागि अस्पतालले गरेको व्यवस्थापन अपर्याप्त नभएको निर्देशक शर्माले बताएका छन् । भविष्यमा माहामारीकै अवस्था आउँदा अपर्याप्त भएपनि अहिलेको अवस्था पर्याप्त हुने देखिएको छ । ‘हब’ अस्पताल मात्रै नभएर जिल्लामा रहेका अस्पतालले पनि उपचारका लागि तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ । उनले भने, “सङ्क्रमित बिरामी एक ठाउँबाट अर्को ठाउँमा पु¥याउँदा फैलनसक्ने भएकाले त्यही स्वास्थ्य संस्थाले तयारी गर्न खाँचो छ ।”
अस्पतालमा अहिले छ जना आइसोलेसनमा छन् । ती व्यक्तिलाई परीक्षण गरेर नेगेटिभ देखिएपछि मात्रै घर फर्काइनेछ । कोभिड–१९ फैलन थालेदेखि अहिलेसम्म सङ्क्रण नेगेटिभ देखिएका ३२ जना घर फर्किएको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
तोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार
चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु : विदेश मन्त्रालय
मंसिर ७, २०८१ शुक्रबार