गल्याङमा कोरोना नियन्त्रण नभएसम्म मदिरा सेवन र विक्री वितरण निषेध, राहतका लागि ३० लाख बजेट
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार २३:३४:४१
१६ चैत, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना नियन्त्रण नभएसम्म मदिरा सेवन र विक्रीवितरण पूर्ण निषेध गरिएको छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि वडा तहमा गठन गरिएका समन्वय समितिका अध्यक्षहरुसहितको बैठकले नगरपालिकाभित्र मदिरा विक्रीवितरण र सेवनमा पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
बैठकले सबै वडाहरुमा मदिरा विक्रीवितरण भएको बारे सुक्ष्म अध्ययन गरी नियन्त्रण गर्नलाई आवश्यक काम गर्ने निर्णय गरेको छ । लकडाउनको खाली समयमा मदिरा सेवन बढि भएको र यसले समाजलाई नकारात्मक असर परेको निश्कर्ष निकाल्दै बैठकले २४ सै घण्टा नियन्त्रणका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कडाइका साथ यसको अनुगमन गरी कारवाही गर्न गल्याङ प्रहरी चौकीका इन्चार्जलाई निर्देशन दिए ।
यस्तै बैठकले कोरोना रोकथाम नियन्त्रण र राहतका लागि पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय पनि गरेको छ । क्वारेन्टाइनको व्यवस्थापन, अन्य खर्च व्यवस्थापन तथा लकडाउनका कारण समस्यामा परेका अति विपन्न तथा मजदुरलाई राहत वितरण गर्ने उद्देश्यसहित ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिए । यसैगरी बैठकले अबका दिनमा भारतसहित विदेशबाट आउने नागरिकहरुलाई अनिवार्य रुपमा बाहिरी क्वारेन्टाइना राख्ने निर्णय पनि गरेको छ ।
यसअघि गल्याङ नगरपालिकामा बाहिरबाट आएका सबैलाई होम क्वारेन्टाइनमा राखिएकोमा अबदेखि बाहिरी क्वारेन्टाइनमा नगरपालिकाकै व्यवस्थापनमा राख्ने निर्णय भएको हो । वडा अध्यक्षहरुले होम क्वारेन्टाइनमा बस्नेहरुको प्रभावकारी अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै, बैठकले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवार तथा मजदुरहरुको पहिचान गरी पहिलो चरणमा एक महिनाका लागि खाद्यान्न उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
तीन दिनभित्र सम्बन्धित वडाका वडाअध्यक्षहरुले विपन्नको पहिचान गरि प्रतिबेदन बुझाए अनुसार नगरपालिकाले उनीहरुलाई राहत वितरण गर्ने भएको हो । यसैगरी लकडाउनको समयमा बजारमा कालोबजारी गर्नेहरुको अनुमति रद्व गर्ने निर्णय समेत बैठकले गरेको छ । गल्याङ बजारको अनुगमन गरी बजार नियमन गर्न अनुगमन समिति गठन पनि भएको छ । समितिमा गल्याङ नगरपालिका वडा नम्बर एकका अध्यक्ष गणेश बस्याल, वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराई, गल्याङ नगरपालिका प्रशासन शाखा प्रमुख दशरथ उपाध्याय, गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगाप्रसाद श्रेष्ठ, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल, गल्याङ नगरपालिका प्रेस संयोजक केपी खनाल र गल्याङ प्रहरी चौकी इन्चार्ज रहेका छन् ।
बैठकले अहिलेको मुल्य सुचि पेश गर्ने जिम्मा गल्याङ चेम्बर अफ कमर्स र उद्योग वाणिज्य संघलाई दिएको छ । गल्याङ नगरपालिकाका ग्रामिण क्षेत्रहरुमा खाद्य सामाग्री ढुवानीका लागि आवश्यक समन्वय गरी कमी हुन नदिन प्रभावकारी कदम चाल्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा गल्याङ चेम्बर अफ कमर्स तथा गल्याङ उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले एक महिनाका लागि गल्याङमा पर्याप्त मौज्दात रहेको र सवारी पास उपलब्ध भएमा थप ल्याउन सकिने बताएका थिए । यस्तै, बैठकले घरबहालमा बस्नेहरुको दुई महिनाको घरबहाल छुट दिन घरधनीहरुलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार