भारतीय सीमा नाका पूर्ण रुपमा बन्द नहुँदा कोरोनाको जोखिम बढ्दो
नेपालबहस संवाददाता
चैत १६, २०७६ सोमबार ०:५:३२
१६, चैत, सिरहा । भारतलगायत अन्य देशबाट फर्किएकाहरु अझै क्वारेन्टाइनमा नपुग्दा र भारतीय सीमा नाका पूर्ण रुपमा बन्द नहुँदा सिरहामा कोभिड १९ संक्रमण फैलिने जोखिम बढ्को छ । कोरोनाको संक्रमण छिमेकी म भारतमा समेत तीव्र रुपमा फैलिरहेको र सीमा क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द नहुँदा जोखिम बढ्को स्थानीयवासी बताउँछन् ।
खुल्ला सिमाना कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण नेपाल भित्रिरहे पनि भित्रिने अधिकांश क्वारेन्टाइनमा नबसी सीधै परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेको सीमाक्षेत्रका बासिन्दाको भनाइ छ ।
बरियारपट्टीका मुकेश यादवले भने,‘‘ सरकारले एकातिर सीमा नाका बन्द गरेको छ भने अर्कातर्फ भारतीय बजार जाने र आउने क्रम रोकिएको छैन, अझै सर्वसाधारणको आवतजावत भईरहेका कारण जोखिम बढेको छ ।” नजीकै भारतको बिहारमा पनि कोरोना संक्रमणबाट व्यक्तिको मृत्यु भएको र आवतजावत भइरहेकाले यस क्षेत्रमा त्रास बढेको उनको भनाइ छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईँले भारतबाट घर फर्किएका नेपालीलाई सीमानाकामा स्वास्थ्य जाँच गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको बताएका छन् । उनले भने, “सीमा नाकामा हुने आवतवातमा कडाइ गरेका छौँ, हामीले आवतजावत गर्न दिएका छैनौँ, अब लुकीछिपी चोर बाटो भएर आइरहेका छन् भने त्यसलाई पनि रोक्ने प्रयास गर्छौँ ।” विश्व समुदाय नै कोरोनाको महामारीसँग जुधिरहेकाले सबैले सचेतता अपनाउनुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार