सङ्क्रमणबाट उन्मुक्तिका लागि सामाजिक दूरी कायम राख्न मुख्यमन्त्रीको आग्रह
नेपालबहस संवाददाता
चैत १६, २०७६ सोमबार ०:५५:४२
१६ चैत, काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको सङ्क्रमणबाट उन्मुक्तिका लागि सामाजिक दूरी कायम राख्न प्रदेशवासीमा आग्रह गरेका छन् । उनले आज प्रदेशवासीमा अपिल गर्दै विपद् जित्न सबैको सहयोगको खाँचौ औँल्याएका छन् ।
कोरोना भाइरसको सङ्क्रमणको सङ्कटको घडीमा सङ्घीय सरकारद्वारा जारी लकडाउनलाई सफल पार्न आग्रह गर्दै उनले महामारीको यस सङ्कटमा प्रदेश सरकारले हरेक किसिमको सहयोग गर्न कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् ।
मुख्यमन्त्री राउतले अपिलमा भनेका छन्, “यो सङ्कटको घडीमा मुक्ति दिलाउन प्रदेश सरकार प्रदेशवासीको साथमा छ, प्रदेशवासीसँग उभिएको छ ।” प्रदेश सरकारले आफ्नो स्तरबाट विभिन्न ठाउँमा क्वारेन्टाइन, आइसोलेसन वार्ड स्थापना गरिसकेको उल्लेख गर्दै उनले कोरोना परीक्षणका लागि अस्पतालहरुमा साधनस्रोत जुटाउन लागि परेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार