सुरक्षित र धैर्यताका साथ घरमै बसेर ‘लकडाउन’को पालना गर्न राजपाको अपिल
नेपालबहस संवाददाता
चैत १६, २०७६ सोमबार १:६:२९
१६ चैत, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न सरकारद्वारा घोषित ‘लकडाउन’को पालना गरी सुरक्षित र धैर्यताका साथ घरमै बस्न अपिल गरेको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरत्सिंह भण्डारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा सबै नेपाली जनतालाई जिम्मेवारीपूर्वक धैर्यताका साथ लकडाउनमा घरमा बस्न अपिल गरेका हुन् । विज्ञप्तिमा सुरक्षितपूर्वक धैर्यताका साथ बसेकाप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसैगरी बस्ने विश्वास व्यक्त गरिएको छ ।
राजपाले आर्थिक रुपमा विपन्न, दलित, दैनिक ज्यालादारी गरी छाक टार्नेका लागि वडास्तरमै तिनीहरुको यकिन गरी अत्यावश्यक खाद्यान्न र राहतको व्यवस्था अविलम्ब गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । विदेशबाट आउनेबाट उक्त भाइरस सर्ने भएकाले खुला सीमानाका र विदेशबाट नेपाल आएका तथा आउने नेपालीको वडास्तरमै यकिन गरी क्वारेन्टाइनमा राख्न राजपाले अपिल गरेको छ ।
कोरोना भाइरसबाट जोगिन र क्वारेन्टाइनलाई अझै व्यवस्थित बनाउन वडास्तरमै सवै प्रकारका सेवा प्रवाह गर्ने वातावरण बनाउनुपर्ने आवश्यक देखिएकाले उक्त कार्यलाई सञ्चालन गर्न केन्द्र, प्रदेश र स्थानीय तहमा उच्च स्तरिय सर्वदलीय संयन्त्र तत्काल बनाउनुपर्ने उल्लेख राजपाको माग छ । विज्ञप्तिमा संयन्त्रमा राजनीतिक दल, विशेषज्ञ स्वास्थकर्मी, सुरक्षाकर्मी, पत्रकार महासङ्घ, उद्योग वाणिज्य महासङ्घ, नागरिक समाज, सामाजिक संघसंस्था समेतलाई सहभागी गराउनुपर्ने उल्लेख गरेको छ ।
क्वारेन्टाइनमा र उपचारमा संलग्न स्वयंसेविका, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा गाडीलाई नियमित रुपमा स्यानिटाइज गरिनुपर्ने र त्यसकार्यका निम्ति सरकारले आवश्यक सामग्री तत्काल उपलब्ध गराउनुपर्ने माग राजपाले गरेको छ । प्रदेश न।२ को सरकारले निःशुल्क भोजनलगायतका अन्य प्रबन्ध गर्ने निर्णय गरेकामा धन्यवाद दिदै राजपाले निर्णयको प्रभावकारी कार्यान्वयनका निम्ति आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार